
काठमाडौं, १९ पौष । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालालाइे भातृशोक परेको छ ।
उहाँका दाजु निरञ्जन कोइरालाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । उहाँ ७५ बर्षका हुनुहुन्थ्यो ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जालमार्फत यस दुःखद खबरको जानकारी दिनुभएको छ । उहाँले भन्नुभएको छ , मेरा आदरणीय दाजु निरुदा को आज विहान नयाँदिल्लीमा भएको निधनले म, मेरो परिवार र भतिजाहरु मर्माहत भएका छौं।म आफु आजबाट अभिभावक विहीन भएको छु। उहाँको उपचारमा संलग्न चिकित्सकहरु प्रति धन्यवाद दिंदै विभिन्न माध्यमबाट उहाँको स्वास्थ्यका बारेमा पुछताछ गर्नुहुने सबैप्रति हामी आभारी छौं।
मेरा आदरणीय दाजु निरुदा को आज विहान नयाँदिल्लीमा भएको निधनले म, मेरो परिवार र भतिजाहरु मर्माहत भएका छौं।म आफु आजबाट अभिभावक विहीन भएको छु।
उहाँको उपचारमा संलग्न चिकित्सकहरु प्रति धन्यवाद दिंदै विभिन्न माध्यमबाट उहाँको स्वास्थ्यका बारेमा पुछताछ गर्नुहुने सबैप्रति हामी आभारी छौं। pic.twitter.com/8BZynGFp0i— Dr Shekhar Koirala (@Shekharnc) January 3, 2021
उहाँको सचिवालयले पनि यसको जानकारी दिंदै भनेको छ , कोभिड संक्रमण देखिएपछि भारतको नयाँदिल्ली स्थित म्याक्स अस्पतालमा १ महिनादेखि उपचाररत निरञ्जन कोइराला (निरु दा)को आज २०७७ पौष१९ गते बिहान ११ बजे ७५ वर्षको उमेरमा निधन भएको छ।
उहाँको आजै अपरान्ह ४ बजे दिल्लीस्थित निगमबोध घाटमा अन्तिम संस्कार गरिनेछ।
अलबिदा निरु दा:
कोभिड संक्रमण देखिएपछि भारतको नयाँदिल्ली स्थित म्याक्स अस्पतालमा १ महिनादेखि उपचाररत निरञ्जन कोइराला (निरु दा) को आज २०७७ पौष- १९ गते बिहान ११ बजे ७५ वर्षको उमेरमा निधन भएको छ। उहाँको आजै अपरान्ह ४ बजे दिल्लीस्थित निगमबोध घाटमा अन्तिम संस्कार गरिनेछ।
केशव कोइराला र नोना कोइरालाका सुपुत्र निरञ्जन डा शेखर कोइरालाका दाजु हुनुहुन्छ। निरंकुश पंचायती शासनका बिरुद्ध प्रजातान्त्रिक आन्दोलन र राजनीतिमा सक्रिय निरञ्जन कोइराला नेपालका पुराना र प्रतिष्ठित पर्यटन व्यावसायी समेत हुनुहुन्थ्यो। तत्कालीन पर्यटनमन्त्री रामहरी जोशीको विज्ञ सल्लाहकार समेत रहनुभएका निरञ्जन पछिल्लो समय भारतको दिल्लीमा व्यावसायमा संलग्न हुनुहुन्थ्यो।
केशव कोइराला र नोना कोइरालाका सुपुत्र निरञ्जन डा शेखर कोइरालाका दाजु हुनुहुन्छ। निरंकुश पंचायती शासनका बिरुद्ध प्रजातान्त्रिक आन्दोलन र राजनीतिमा सक्रिय निरञ्जन कोइराला नेपालका पुराना र प्रतिष्ठित पर्यटन व्यावसायी समेत हुनुहुन्थ्यो।
तात्कालीन पर्यटनमन्त्री रामहरी जोशीको विज्ञ सल्लाहकार समेत रहनुभएका निरञ्जन पछिल्लो समय भारतको दिल्लीमा व्यावसायमा संलग्न हुनुहुन्थ्यो ।
कोभिड संक्रमण देखिएपछि भारतको नयाँ दिल्ली स्थित म्याक्स अस्पतालमा विगत १ महिनादेखि उपचाररत मेरा अत्यन्तै शुभ चिन्तक निरञ्जन कोइराला (निरु) को आज बिहान ११ बजे निधन भएको खबरले मलाई अत्यन्तै दुख लागेको छ । केशव कोइराला र नोना कोइरालाका सुपुत्र निरञ्जन , नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाका सहोदर दाइ हुनुहुन्छ ।
स्वर्गीय निरन्जन कोइरालाले निरंकुश पंचायती शासनका बिरुद्ध प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भुमिका निर्बाह गर्नु भएको थियो । स्वर्गीय कोइराला नेपालका पुराना र प्रतिष्ठित पर्यटन व्यावसायी समेत हुनुहुन्थ्यो। उहाँको निधनले मलाई र सिङ्गो पार्टीलाई अपुरणिय क्षति पुगेको छ ।
दु:खद यस घडीमा मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
उहाँको निधनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइराला लगायतले शोक सन्देश दिंदै उहाँको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई अपरणीय क्षति पुगेको र आफूहरुले एक सहृदयी मित्र तथा परिवारका सदस्य गुमाएको उल्लेख गर्नुभएको छ ।
हाम्रो परिवारका अभिभावक,नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा तथा सुपरिचित पर्यटनविद् आदरणीय निरञ्जन कोइराला (निरु दा)को असामयीक निधनले मर्माहत तुल्याएको छ। शोक र दुःखको यस घडीमा ईश्वरले प्रिय भतिजहरु माथि पर्न गएको बज्रपात सहन गर्न सक्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै श्रद्देय निरु दा को अमर आत्माको चीर शान्तिको कामना सहित उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।
जय नेपाल ।