काठमाडौं, १९ पौष । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभामा अर्को प्रधानमन्त्री बन्ने विकल्प रहेसम्म प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको जवाफ सर्वोच्च अदालतमा पठाउनुभएको छ ।
संसद विघटन असंवैधानिक भएको भन्दै परेको रिटमा आफ्नो जवाफ पठाउदै सभामुख सापकोटाले सो कुरा उल्लेख गर्नुभएको थियो । प्रतिनिधिसभा विघटनमा परेका १३ रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुखलाई समेत विपक्ष बनाएर सर्वोच्चमा रिट भएको थियो । ती रिटमाथि सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको नेतृत्वमा रहेको संवैधानिक इजलासले विपक्षीका नाममा १९ गतेसम्म लिखित जवाफ दिन आदेश दिएको थियो ।
सभामुख सापकोटाले आइतबार पठाउनुभएको लिखित जवाफमा भनिएको छ ‘संसदबाट अर्को प्रधानमन्त्री बन्ने अवस्था रहँदारहँदै संसद् विघटन गर्न मिल्दैन । अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार छैन् ।’
उहाँले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको पौष ५ गते प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गते चुनावको मिति घोषणा गर्ने कार्य संविधानको अक्षर र भावना प्रतिकूल भएको जिकिर गर्नुभएको छ ।उहाँले दिएको जवाफ यस्तो छ :





















