
काठमाडौं, १९ पौष । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन र चुनावको मितिमो घोषणा संविधानसम्मत भएको दावी गर्नुभएको छ।
महान्यायाधिवक्ता कार्यालयमार्फत आइतवार सर्वोच्च अदालतलाई ४ बुँदे जवाफ पठाउँदै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको मूल्य मान्यताको आधारमा प्रतिनिधिसभा विघटन गरि मन्त्रिपरिषद्ले सिफारिस गरेकै मितिमा चुनावको मिति घोषणा गरिएको जिकिर गर्नुभएको छ । राष्ट्रपति कार्यालयका तर्फबाट पठाइएको सो लिखित जवाफमा राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेलले हस्ताक्षर गर्नुभएको छ ।