
वासिङट्न(संयुक्त राज्य अमेरिका), २० पौष(बीबीसी) ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्वर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा जर्जिया राज्यको मतपरिणामलाई प्रभाव पार्न अन्तिम समयसम्म पनि प्रयास गरेको खुलेको छ।
वासिङ्टन पोष्ट समाचार पत्रले ट्रम्पले गत शनिबार जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेन्सपर्जरलाई गरेको एक घन्टा लामो फोन वार्ता सार्वजनिक गरेको छ।
उक्त फोन वार्तामा ट्रम्पले ब्राडलाई आफूलाई जम्मा ११ हजार ७ सय ८० मत चाहेको बताउनुभएको छ।
जर्जिया यसअघि रिपब्लिकनहरूले जित्दै आएको राज्य हो। सन् १९९२ पछि यसपालि डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले पहिलो पटक उक्त राज्यको मत परिणाम आफ्नो पक्षमा पार्न सफल हुुनुभएको छ।
वाइडनले २४ लाख ७३ हजार ६ सय ३३ मत पाउनुभएको छ भने ट्रम्पले २४ लाख ६१ हजार ८ सय ५४ मत पाउनुभएको थियो।
Audio: Trump berates Ga. secretary of state, urges him to "find" votes https://t.co/Pibw9gBt1A
— The Washington Post (@washingtonpost) January 3, 2021
राष्ट्रपति ट्रम्प ११ हजार ७ सय ८० मत थपेर बाइडेनको भन्दा आफ्नो एक मत बढी बनाउन चाहना राखेको देखिन्छ।
जर्जियामा १६ इलेक्टोरल कलेज भोट छन्। नोभेम्बर ३ को निर्वाचनबाट बाइडेनले ३ सय ६ इलेक्टोरल कलेज भोट पाएका हासिल गर्नुभएको छ भने ट्रम्पले २ सय ३२ भोट पाउनुभएको छ।
फोन वार्ताका क्रममा रिपब्लिकन पार्टीका नेतासमेत रहनुभएका राफेन्सपर्जरले ट्रम्पलाई सम्झाउन खोज्नुभएको छ। उहाँले ट्रम्पलाई ुमिस्टर प्रेसिडेन्ट, तपाईंसँग भएको तथ्यांक सही छैन भन्दा ट्रम्पले घरि थर्काउने, घरि धम्क्याउने र घरि अनुनय-विनय गरेको वासिङ्टन पोष्टले उल्लेख गरेको छ।
‘जर्जियाका मानिस रिसाएका छन्, देशभरिका मानिस रिसाएका छन्’, फोनमा ट्रम्प भन्नुहुन्छ, ‘तपाईंलाई थाहा छ, फेरि मतगणना गरें भन्दा केही गलत हुँदैन।’
उहाँले आफूले लाखौं भोट ल्याएकाले जर्जियामा हार्न नचाहेको कुरा पटक-पटक दोहोर्याउनुभएको छ।
ट्रम्प र राफेन्सपर्जरबीचको फोन वार्ताबारे दुबै पक्षले प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। डेमोक्र्याटिक पार्टीका नेताहरूले भने ट्रम्पले ह्वाइट हाउसमा बसेर पद र शक्तिको दुरूपयोग गरेकाले उनीविरूद्ध अनुसन्धान हुनुपर्ने माग गरेका छन्।
अमेरिकाका सबै राज्यहरूले राष्ट्रपति चुनावको अन्तिम परिणाम पठाइसकेका छन्। बुधबार राष्ट्रपति चुनावको अन्तिम परिणाम सार्वजनिक हुँदैछ। अमेरिकी कांग्रेस ६ जनवरीमा चुनावी नतिजा अनुमोदन गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति निर्वाचित बाइडेनले २० जनवरीमा सपथ लिनुहुुनेछ।
ट्रम्पले सुरूदेखि नै चुनावमा धाँधली भएर आफूले हारेको दाबी गर्दै आउनुभएको छ। उहाँको अभियानले विभिन्न राज्यका अदालतमा धाँधली भएको भन्दै हालेका ६० मुद्दाहरू खारेज भएका छन्।
जर्जियामा सीनेटका दुई सीटमा मंगलवार मतदान हुँदैछ यो नतिजाले राज्यको शक्ति सन्तुलनलाई प्रभावित गर्न सक्ने जनाइन्छ ।
यदि डेमोक्रेट पार्टी के दुवै उम्मेदवारले जितेमा सीनटमा रिपब्लिकन र डेमोक्रयाट दुवै पार्टीका प्रतिनिधि बराबर हुनेछन् । र तब निर्णायक भोट उपराष्ट्रपति निर्वाचित कमला हैरिसंसंग हुनेछ ।
अमेरिकी कांग्रेसको तल्लो सदनमा पहिल्यैदेखि डेमोक्रेटिक पार्टी का बहुमत छ ।
पूर्वरक्षा मन्त्रीहरुको अपील
JUST IN: All 10 living former defense secretaries declare election is over in forceful public letter https://t.co/4y0KZYFJFx pic.twitter.com/0ad0tNlpc1
— CNN Politics (@CNNPolitics) January 3, 2021
अमेरिकामा जीवित रहेका सबै १० पूर्व रक्षा मन्त्रीहरुले राष्ट्रपति ट्रम्पलाई चुनाव नतिजामा प्रश्न नगर्न र सेनालाई यो राजनीतिक विवादमा नमुछ्न अपील गरेका छन् ।
पूर्वमन्त्रीहरुले वाशिड.टन पोष्टमा लेखेको एक लेखमा अमेरिकी सेनालाई चुनावको विवाद सुल्झाउन सामेल गर्ने प्रयास देशको लागि खतरनाक गैरकानूनी र असंवैधानिक धरातलमा लैजाने कुरा उल्लेख गरिएको छ । लेखमा रक्षा विभागमा सत्ता परिवर्तन पारदर्शी तरिका अपनाउनु महत्वपूर्ण हुन्छ भनिएको छ ।