Prakash Adhikari January 7, 2021

 

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), २३ पौष । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकहरूले क्यापिटल बिल्डिङमा पसेर हङ्गामा गरेका छन्। तिनीहरुलाई नियन्त्रण गर्न चलाइएको गोलीबाट एक महिलाको मृत्यु भएको छ । भीडलाई उत्तेजित बनाएर अशान्ति फैलाएको भन्दै ट्वीटरले अमेरिकी राष्ट्रपतिको खाता निलम्बन गरेको छ ।

अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला यस्तो हङ्गामा भएको हो।

सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए। त्यसपछि बहस रोक्नु पर्‍यो।

ट्रम्प समर्थकहरू चुनावी परिणाम रद्द गर्न माग गर्दै राजधानी वाशिंटनमा वृहत् अन्तिम प्रदर्शनमा सहभागी भएका थिए।

त्यसक्रममा केही प्रदर्शनकारी र प्रहरीबीच हिंसक झडप पनि भएका छन्।

थप सुरक्षा बल तैनाथ
अवस्था नियन्त्रण बाहिर गएपछि न्याशनल गार्डलाई क्यापिटल हिल पठाइएको छ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरीले ट्वीट गरेर त्यसको जानकारी दिनुभएको छ।

ूराष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा न्याशनल गार्ड अन्य संघीय रक्षा सेवाहरूका साथमा बाटोमा छन्। हामी हिंसाविरुद्ध र शान्ति कायम राख्नका लागि राष्ट्रपतिको आग्रह पुनस् दोहोर्‍याउँछौँ।ू उहाँले ट्वीटरमा लेख्नुभएको छ ।

क्यापिटलभित्र भिड अनियन्त्रित र हिंसक भएपछि क्यापिटल हिल प्रहरीले थप सुरक्षाबल पठाउन माग गरेको थियो।

एउटा नाटकीय दृश्यमा प्रदर्शनकारीहरू उक्त भवनभित्र झुन्डमा प्रवेश गरेका थिए। त्यसबेला सांसदहरूलाई चाहिँ प्रहरीले सुरक्षा दिएर बाहिर ल्याउँदै थियो।

अमेरिका
अमेरिकी सिनेटभित्रको दृष्य

कङ्ग्रेसको एउटा संयुक्त सत्रले इलेक्टोरल कलेज मतको गणना गरेर त्यसलाई पुष्टि गरिरहेको थियो।

प्रायस् उक्त प्रक्रिया संक्षिप्त हुने गर्छ तर रिपब्लिकन सांसदहरूले केही मतपरिणामलाई अस्वीकार गरिरहेका थिए।

बाइडनको जितलाई रोक्ने कुनै पनि प्रयास विफल हुने निश्चित छ।

केही दिनदेखि राष्ट्रपति ट्रम्पले उक्त सत्रको अध्यक्षता गर्ने उप(राष्ट्रपति माइक पेन्समाथि पनि मत परिणामलाई प्रमाणिकरण नगर्न दबाब दिइरहनुभएको छ।

तर बुधवार पेन्सले कङ्ग्रेसलाई लेखेको पत्रमा ूकुन इलेक्टोरल मतको गणना गर्नुपर्छ भन्ने निर्णय गर्ने एकाधिकारू आफूसँग नभएको उल्लेख गर्नुभएको छ।

तर पनि ट्रम्पले आफ्नो हार प्रमाणिकरण रोक्न अन्तिम अस्त्र प्रयोग गरिरहनुभएको छ।

बाइडनको आग्रह

अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले विलमिङ्टन, डेलावेयरबाट राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्प समर्थक भिडलाई ूपछि हट्न र लोकतन्त्रिक कार्यलाई अघि बढाउन दिनू आग्रह गर्नुभएको छ।

उहाँले भन्नुभयो, ‘यो कुनै विरोध होइन। यो एउटा विद्रोह हो। डोनल्ड ट्रम्प अघि बढुन् र राष्ट्रिय टेलिभिजनमा आएर यो घेरबन्दीलाई समाप्त पार्ने माग गरुन्।”

वाइडनले ‘अति भएको’पनि बताउनुभएका थियो।

 

उहाँले ट्वीट गर्दै पनि ट्रम्पलाई समर्थकलाई उक्त स्थानबाट हटाउन आग्रह गर्नुभएको छ।

एउटा अर्को ट्वीटमा उहाँले क्यापिटल बिल्डिङमा केही व्यक्तिहरूले जे गरे ती कानुन अवज्ञा गर्ने अतिवादी मानिसहरू भएको लेख्नुभएको छ।

उहाँले त्यसलाई देशद्रोह भन्नुभएको छ।

विरोध प्रदर्शन
प्रदर्शनकारीहरू राष्ट्रपति ट्रम्पको आह्वानमा आयोजित ‘अमेरिकालाई बचाऔ’ र्‍यालीमा क्यापिटल पुगेका हुन्।

त्यहाँ ट्रम्पले उनीहरूलाई जुन सांसदले बाइडनको जितलाई अस्वीकार गरे उनीहरूको समर्थन गर्न आग्रह गनुभएको थियो।

ट्रम्पले गत नोभेम्बर ३ मा भएको चुनावको मतपरिणामलाई अस्वीकार गरिरहनुभएको छ।

उहाँले कुनै प्रमाणविनै चुनावमा धाँधली भएको आरोप लगाउँदै आउनुभएको छ। उहाँको आरोप अनुसार भएका पुनःमतगणनामा पनि राष्ट्रपति निर्वाचनमा डेमोक्रेट्स पार्टीका उम्मेदवार जो वाइडन विजयी हुनुभएको नतिजा निस्केका थिए र अदालतमा दिएका यससम्बन्धी निवेदनहरु रद्द भएका थिए ।

बुधबार ट्रम्प समर्थकहरूले चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शन गरिरहेका थिए।

ट्रम्पको आग्रह
राष्ट्रपति ट्रम्पले चाहिँ समर्थकहरूलाई शान्ति बनाइराख्न आग्रह गनुभएको छ।

उहाँले ट्वीट गर्दै ‘क्यापिटल प्रहरीलाई सहयोग गर्नुहोस्’ भन्नुभएको छ।
राष्ट्रपति ट्रम्पले भन्नुभएको छ, ूउनीहरू हाम्रो देशकै पक्षमा छन्। शान्ति कायम गर्नुहोस्।ू

ट्रम्पको भिडिओ सन्देश

उक्त घटनापश्चात् ट्रम्पले एउटा भिडिओ सन्देश जारी गरेर प्रदर्शनकारीहरूलाई घर फर्किन आग्रह गनुभएको छ।

राष्ट्रपतिले भन्नुभएको छ, ‘एउटा चुनाव भयो त्यसलाई हामीबाट चोरेर लगियो। त्यो एउटा उत्साहपूर्ण चुनाव थियो यो सबैलाई थाहा छ, विशेषगरी अर्को पक्षलाई थाहा छ। तर अहिले तपाईँहरूले घर जानुपर्छ। हामीले शान्ति कायम गर्नुछ। हामीले कानुन(व्यवस्था कायम राख्नुछ। हामी चाहन्छौँ कसैलाई क्षति नपुगोस्।

उपराष्ट्रपति माइक पेन्सले पनि प्रदर्शनकारीहरूलाई हिंसा नगर्न आग्रह गर्नुभएको छ।

उहाँले ट्वीट गर्दै लेख्नुभएको छ, ‘क्यापिटलमा भएको यो हमलालाई खप्न सकिदैँन र त्यसमा जो सामेल छन् उनीहरूलाई कडाभन्दा कडा कानुनी सजाय दिइनेछ।

अमेरिकी सिनेटका केही तस्बिरहरूमा प्रदर्शनकारीहरू सिनेटको चेम्बर नजिकै भेला भएको देखिएको छ।

त्यसमध्ये केहीको साथमा हतियार पनि देखिएको छ।

यसअघि क्यापिटल प्रहरीले हिंसक झडपपछि अमेरिकी क्यापिटल बिल्डिङमा लकडाउन लागु गरिदिएको थियो।

केही प्रदर्शनकारी पक्राउ

अमेरिकी राष्ट्रपतीय चुनाव परिणामको विरोध गरिरहेका ट्रम्पका समर्थकहरूले क्यापिटल बिल्डिङ बाहिर लगाइएको अस्थायी ब्यारियरहरू तोडेका थिए।

केही प्रदर्शनकारीहरू भवनभित्र प्रवेश गर्न प्रयास गरिरहेको पनि देखिएको छ।

क्यापिटल प्रहरीले बिल्डिङभित्र प्रवेश गरेका केही व्यक्तिहरूलाई हिरासतमा लिएको छ।

केही प्रदर्शनकारीहरू पर्खालबाट सिनेट चेम्बरभित्र पनि पुगेका थिए।

उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले बन्दुक ताक्नु परेको थियो।

 

Share Now

Leave a comment.