
वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), २३ पौष (बीबीसी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालै सम्पन्न राष्ट्रपतीय चुनावको नतिजा उल्ट्याउन गरिएको अन्तिम शक्ति प्रदर्शनले विश्व शक्ति एवम् लोकतान्त्रिक राज्य व्यवस्थाको पर्याय मानिएको संयुक्त राज्य अमेरिकामा वितण्डा मच्चायो ।
WOWWWWW!!!
CNN’s Don Lemon just called President Donald Trump “the worst president” adding that he won the election by a “fluke” and “lying.”
“You are a complete and utter disgrace.” #DonaldTrump #POTUS #CNN #DonLemon #DCriots #DCpolice #ElectoralCollegeVote #democracy pic.twitter.com/YCnYopa4JR
— ShakariSBriggs (@ShakariSBriggs) January 7, 2021
अमेरिकाको क्यापिटल हिलमा रहेको संसदमा सिनेटद्धारा राष्ट्रपतिको निर्वाचनको परिणाम प्रमाणिकरण गर्ने कार्यक्रमलाई प्रभावित गर्ने उद्देश्यले भएको सो शक्तिप्रदर्शनमा भेला भएका प्रदर्शकहरु संसद भवनको सुरक्षाको लागि राखिएका बारहरु तोडेर अगाडि बढे । संसदको ढोका फोडे, बादलीबाट हाम्फाले र कोठा चोटा चहारे ।
Trump supporters smashed through windows and climbed into the Capitol building as lawmakers convened to confirm President-elect Joe Biden’s victory over Donald Trump https://t.co/Ca9TbgMf7L pic.twitter.com/qWRdQeJzFy
— TIME (@TIME) January 7, 2021
हेरौं बीबीसीका क्यामराम्यानले ले खिचेका तस्विरहरु :
संसद भवन पसेर तस्विर लिंदै
प्रहरीसंग दहलफसल गर्दै प्रदर्शनकारी । अवस्था निकै तनावपूर्ण थियो ।
कैयौं प्रदर्शनकारीलाई प्रहरीले सुरक्षा नियन्त्रणमा लिएको थियो ।
सिनेट च्याम्बरमा सांसद तथा कर्मचारीहरु मास्क लगाएर बसेका थिए ।
एक प्रदर्शनकारी बरण्डाबाट ओर्लेर संसदका कोठामा पसे
केही प्रदर्शनकारीहरु यसरी आए ।
संसद भवनका सुरक्षाकर्मी सिनेट च्याम्बरमा एक प्रदर्शनकारीमाथि बन्दुक ताक्दै
एक प्रदर्शनकारी स्वतन्त्रताकी मूर्तिको पहिरनमा
एक प्रदर्शनकारीमाथि पेपर स्प्रे प्रहार गर्दै प्रहरी अधिकृत
प्रदर्शनकारी क्यापिटल हिल बाहिर जम्मा भएका थिए ।
क्यापिटल सेन्ट्रलमा पसेर खुसी मनाउदै प्रदर्शनकारी
एक स्तम्भ लिएर निस्कदै गरएको एक प्रदर्शनकारी ।
एक प्रदर्शनकारी झण्डा फहराउदै जसमा मेरा राष्ट्रपति ट्रम्प हुनुहुन्छ लेखिएको थियो ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनले यस हिंसात्मक घट्नालाई लोकतन्त्रमाथिको प्रहार भन्नुभएको छ ।
प्रदर्शनले उग्र हुँदै हिंसात्मक रुप लिएपछि राष्ट्रपति ट्रम्पले समर्थकहरुलाई घर फिर्ता हुन आग्रह गर्दै भन्नुभयो कि म तपाईहरुको मायाप्रति आभारी छु ।
एक प्रदर्शनकारी त अमेरिकी संसदकी सभामुख न्यान्सी पलिसीको आसनमा नै बसे ।
कतिपय प्रदर्शनकारीहरु सीनेटको स्थानमा बसेर तस्विर खिचाइरहेका थिए ।
ट्रम्प समर्थकले अस्तब्यस्त बनाएका थिए ।