Prakash Adhikari January 8, 2021

काठमाडौँ, २४ पौष । गायक बादल लिम्बु र गायिका मेलिना राई प्रेमिल शैलीको ‘यो जीवन” शीर्षकको म्युजिक भिडियो लिएर दर्शकसामु आउनुभएको छ।

ज्ञान लिम्बुद्धारा लिखित गीतलाई गायक बादल लिम्बुले संगीत दिनुभएको छ भने संगीत संयोजन पनि उहाँ आफैले गर्नुभएको हो । यस अघि १०० भन्दा बढी गीतमा आफ्नो संगीत दिइसक्नुभएका गायक लिम्बुले गायक राजेश पायल राईको दर्शन नमस्ते ४ एल्बममा रहेको गीतमा समेत संगीत दिनुभएको थियो ।

पहिलो नेपाली आईडल गायक लिम्बुको स्वरमा ५० भन्दा बढी गीत सार्वजनिक भैसकेका छन्।

यस गीतको भिडियोमा प्रेमी प्रेमिकाले एक अर्का प्रति गरेका वाचा र प्रेमभाव प्रकट भएको छ। भिडियोमा सुजता थुलुङ र बादल लिम्बु फिचर्ड हुनुहुन्छ भने साथमा अतिथि भूमिकामा कलाकार तथा निर्देशक उदय सुब्बा, सुरेश राई र मोहनकुमार राईको समेत अभिनय छ।

सुरेश राई सहायक निर्देशक रहेको यस भिडियोलाई किरण राईको सम्पादन तथा निर्देशनमा तयार पारिएको हो। गायक लिम्बुको आधिकारिक युट्युव च्यानल ‘बादल लिम्बुु’मार्फत भिडियो सार्वजनिक भएको हो।

Share Now

Leave a comment.