Prakash Adhikari February 3, 2018

सान् फ्रान्सिस्को(संयुक्त राज्य अमेरिका )२० माघ । अमेरिकाको सान् फ्रान्सिस्को र यसको आसपासमा रहेका नेपालीले सामुदायिक केन्द्र बनाउन जग्गा खरिद गरेका छन् ।

सान् फ्रान्सिस्कोको बे ब्रिजबाट १८ माईलको दूरीेमा रहेको सो जग्गा बिहीबार कन्ट्राकोष्टा काउण्टीमा दर्ता गरिएको छ । ७ दशमलव २ रोपनी क्षेत्रफलमा फैलिएको सो जग्गा ३ लाख ५२ हजार २ सय ४७ डलरमा किनिएको हो ।

नेपाली एशोशियसन अफ नर्दन क्यालिफोर्निया (नान्स्) अध्यक्ष रवीन्द्र राई र नेपाली कम्युनिटी सेन्टरका संयोजक उत्तम कार्कीले खरिद कागजातमा हस्ताक्षर गरेका थिए । नर्दन क्यालिफोर्नियामा रहेका सबै संस्थाहरू बिच भएको एक सम्झौता अनुसार जग्गा खरिदको कागजातमा संयोजक कार्कीले प्रतिनिधित्व गरेका हुन् ।

सामुदायिक केन्द्र निर्माणको लागि नान्स, नेपाली जन सम्पर्क समिति, क्रियटिभ नेपाल युथ अर्गनाईजेशन, द ह्वाईट जोन्, मदरल्याण्ड नेपाल, सन्नी सगरमाथा समाज,युनाईटेड किरात राई अर्गनाइजेशन अफ अमेरिका क्यालीफोर्निया च्याप्टर र नेपाली एशोसियशन अफ ग्लोबल कोअपरशेनको सक्रिय सहभागिता रहेको छ।

यो जग्गामा सामुदायिक भवनकासाथै मन्दिर, गुम्बा लगायतका धार्मिक संरचना निर्माण गर्ने योजना रहेको नान्सका अध्यक्ष रवीन्द्र राईले बताए ।

Share Now

Leave a comment.