पोखरा(कास्की), १९ माघ । आहा १ रारा गोल्डकपको १६ औं संस्करणको उपाधि जित्न नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार क्लबबीच आज शनिवार रोचक प्रतिस्पर्धा हुनेभएको छ ।
दुई टोलीबीच फाइनलको यो पहिलो भिडन्त हो । आहाको संस्करणमा दुवैको प्रतिस्पर्धा भने तेस्रोे, छैटौ, सातौं र १३ औं सस्करणमा भईसकेको छ ।
उपाधिलाई नियाल्दा थ्री स्टारले पाँचौ, नबौं, ११ औं र १३ औं सस्करणको उपाधि उचालिसकेको छ । १६ औं सस्करणको उपाधि आफनो नाममा लेखाउँदै पाँचौ पटकको च्याम्पियन बन्ने अभियानमा थ्री स्टार छ ।
पुलिस पनि पोखराको मैदानमा भाग्यमानी देखिदै आएको छ । पुलिसले पनि पहिलो, छैटौं, सातौं, आठौं सस्करणको उपाधि उचालिसकेको छ । दुवै पाँचौ उपाधिको खोजीमा छन् ।
शनिबारको फाईनल खेल जित्ने रणनीति बुन्न दुवै व्यस्त छन् । थ्री स्टारका प्रशिक्षक मेघराज केसीले भने–‘फाईनलमा हारेका छैनौं । खेल त्यही रणनीति बनाएर खेल्छौं ।’ डेढ वर्षपछि नयाँ टिम तयार पारेर आएका छौं । इटहरी गोल्डकप जितेर उत्साहित छौं । त्यसले पनि प्रभाव पार्छ । आहाको संस्करण जित्छौं ।’
‘थ्री स्टार राम्रो टिम हो । फाईनल टप्स हुन्छ । फाईनल जहिले पनि ५०—५० हुन्छ ।’ नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले भने—‘९० मिनेटको खेलमा कसरी जित निकाल्ने भन्ने कोशिस हाम्रो हुन्छ । राष्ट्रिय खेलाडीको जमात भने छैन् ।’