Prakash Adhikari January 12, 2021

काठमाडौं, २८ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले आज प्रदेश नम्बर २, गण्डकी र कर्णाली प्रदेशमा बृहत् कार्यकर्ता भेला आयोजना गर्दैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरुद्ध दोस्रो चरणको संघर्षका कार्यक्रम गरिरहेको प्रचण्ड–नेपाल समूहले आज ३ वटा प्रदेशमा बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो।

गण्डकी प्रदेशको भेलामा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली विरोधी यो समूहले सोमबार प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बृहत् कार्यकर्ता भेला गरेको थियो।

केन्द्रीय संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालका अनुसार प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमका बारेमा कार्यकर्तालाई प्रशिक्षित गर्दै तल्लोतहसम्म प्रचारप्रसार गर्न यसप्रकारको कार्यक्रम आयोजना गरिएको हो ।

प्रचण्ड–माधव समूहले बुधबार बागमती प्रदेशमा बृहत कार्यकर्ता भेला गर्दैछ।

प्रतिनिधिसभा विघटनसँगै नेकपाको प्रचण्ड नेपाल समूहले दोस्रो चरणको विरोध कार्यक्रम अन्तरगत माघ २३ गतेसम्मका लागि संघर्षका कार्यक्रम सञ्चालन गरिरहेको छ।

Share Now

Leave a comment.