
काठमाडौं, १ माघ । ग्लोबल आइएमई बैंकको १४औँ वार्षिक साधारणसभा पौष २९ गते बुधबार बैंकको कर्पोरेट भवन कमलादी, काठमाडौंमा सम्पन्न भएको छ।
साधारणसभामा बैंकले १६ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको छ।
बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०७६ । ७७ को कुल मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।
बैंकले गत आर्थिक वर्ष २०७६ । ७७ मा सञ्चालन मुनाफा ४ अर्ब १७ करोड रुपैयाँ र कर पछिको मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको थियो ।
बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ ।
हाल बैंकले २ खर्ब ४९ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।
बुधबार सम्पन्न १४औँ वार्षिक साधारणसभाले चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बैंकको नयाँ सञ्चालक समितिको समेत निर्वाचन गरेको छ ।
अन्य सञ्चालक सदस्यहरुमा क्याबिनेट श्रेष्ठ (संस्थापक), रामबहादुर भण्डारी (संस्थापक), सुदर्शनकृष्ण श्रेष्ठ (सर्वसाधारण), कृष्णप्रसाद शर्मा (सर्वसाधारण) र दिपक शर्मा पोखरेल (सर्वसाधारण) रहनुभएको छ ।
नव निर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाललाई बुधबार नै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहण समेत गराउनुभएको छ ।
ग्ल