Prakash Adhikari January 14, 2021

 

काठमाडौं, १ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ ।

पालुङटारको आँपपिपल भन्ने स्थानमा हेलिकप्टर आकस्मिक अवतरण गरेको हो ।

कांग्रेस सभापति देउवा पर्वतको फलेवासमा एक भवनको उद्घाटनमा जाँदै हुनुहुन्थ्यो । उहाँको साथमा पार्टीका संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ र अन्य नेता पनि हुनुहुन्छ ।

गोरखाका एसपी सुरेन्द्र गुरुङले मौसम खराबी भएकाले केहीबेर अघि हेलिकप्टर आकस्मिक अवतरण गरेको जानकारी दिनुभएको छ ।

शहीद हरिदत्त तिवारीको स्मृतिमा निर्माण गरिएको भवन फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीमा पर्दछ ।

 

 

Share Now

Leave a comment.