Prakash Adhikari January 15, 2021

 

काठमाडौं, २ माघ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले सातौं वार्षिक साधारण सभा सम्पन्न गरेकोे छ ।

कम्पनीको पौष २७ गते आम्रापाली ब्याङक्वेट क्याटरिङ्ग एण्ड इभेन्ट, भाटभटेनी, कठमाडौंमा सम्पन्न साधारण सभाले सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने गरी शेयरधनी रचना अधिकारीलाई सञ्चालक पदमा नियुक्त गरेको छ ।

कम्पनीले संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७७ आसाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आर्थिक वर्ष २०७६।०७७ को नाफा नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।

उक्त साधारण सभाले आर्थिक वर्ष २०७७ । ०७८ मा लेखा परिक्षण कार्य गर्नका लागि बिआर पाण्डे एण्ड एसोसियट्स, चार्टर्ड एकाउण्टेण्टस्लाई नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ ।

साथै सभाले अध्यक्ष तथा संचालकहरुलाई प्रति बैंठक ५ हजार रुपैयाँ भत्ता समेत उपलब्ध गराउने प्रस्ताव समेत पारित गरेको छ ।

यसै बर्ष आईपीओ निष्काशन गरेको माउण्टेन इनर्जीले नुवाकोटमा ५ मेगावाट क्षमताको तादी खोला आयोजना सम्पन्न गरिसकेको छ भने म्याग्दीमा निर्माणाधीन ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला आयोजना सम्पन्न हुने अवस्थामा पुगेको छ । कम्पनीले मिस्ट्री खोलामा क्यास्केडको रुपमा रहेको १२ मेगावाट क्षमताको मिस्ट्री खोला दोस्रो निर्माणको लागि सर्वेक्षण लाइसेन्स लिई विद्युत प्राधिकरणसंग विद्युत खरिद संझौता समेत गरिसकेकेको छ ।

Share Now

Leave a comment.