
काठमाडौं, २ माघ । नेपाल सरकारले कोरोना भाइरसको विरुद्ध विकसित खोपलाई नेपालमा पनि आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको छ ।
शुक्रबार औषधि व्यवस्था विभागले भारतीय कम्पनी सिरम इन्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिशिल्ड’ नामक खोपको प्रयोगलाई अनुमति दिएको हो ।
यो खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र त्यहाँको एक्ट्राजेनिका भन्ने औषधी उत्पादक कम्पनीले संयुक्त रुपमा अनुसन्धान र विकास गरेका हुन् । भारत सहित विश्वका थुप्रै देशहरुमा यो खोपको तीन चरणको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि यसलाई भारतमा आम रुपमा उत्पादन गर्न अनुमति दिएर भारतसहित अन्य देशका नागरिकहरुलाई लगाउन अनुमति पनि दिइएको छ ।
विभागले कम्पनीको खोपका लागि ससर्त अनुमति दिएको हो ।