Prakash Adhikari January 17, 2021

 

काठमाडौं, ३ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री के.पी. शर्मा ओलीको प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमविरुद्ध पार्टीले देशभरका पालिकाहरुमा गरेको विरोध कार्यक्रममा सहभागी नेता,कार्यकता,मतदाता र शुभेच्छुकहरुप्रति आभार प्रकट गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष के.पी. शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले संविधानको अक्षर र भावनालाई कुल्चिदै गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम, ओली सरकारका पालामा भएका ठूला भ्रष्टाचार,आर्थिक अनियमितता, कुशासन र अकमण्र्यताको विरोधमा देशका ६ वटै महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिकामा शनिवार विरोध प्रदर्शन र आमसभा गरेको थियो ।

कांग्रेस सभापति देउवाले शनिवार साँझ एक विज्ञप्तिमा विरोध प्रदर्शनमा व्यापक सहभागि हुनुभएका सबैप्रति आभार प्रकट गर्दै भन्नुभएको छ, गाउँ÷नगर कार्यसमितिका साथीहरूसंगै प्रदर्शन सफल बनाउन निरन्तर खट्नु हुने पार्टीको सबै तहका आदरणीय साथीहरू, भातृ र शुभेच्छुक संस्थाका साथीहरू, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरुमा बधाई ज्ञापन गर्दछु ।

उहाँले के.पी. शर्मा ओलीको नेतृत्वमा रहेकोे नेकपाको सरकारले गरेको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम एवं सर्वसत्तावाद, कुशासन र भ्रष्टाचार विरुद्धमा शनिवार भएको देशव्यापी शान्तिपूर्ण प्रदर्शनले नेपाली जनताको भावना अभिब्यक्त गरेको पनि उल्लेख गर्नुभएको छ ।

पौष १३ को संघीय प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रस्तरीय र पौष २५ को प्रदेश सभास्तरीय प्रदर्शनमा झैं शनिवारको पालिकास्तरीय प्रदर्शनमा पनि सामाजिक संजालमार्फत स्वतस्फूर्त रुपमा सकृय भएर पार्टीका गतिविधिहरु विश्वसमुदायमा पुर्याउने भूमिका निर्वाह गर्ने युवाहरुलाई पनि कांग्रेस सभापति देउवाले विशेष बधाई दिनुभएको छ।

कांग्रे सभापति देउवाले नेकपाका अध्यक्ष के.पी. शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले २०७४ फागुन ३ गते सपथ लिए यता गरेको गैरसंवैधानिक, भ्रष्टाचारजन्य र जनविरोधी क्रियाकलापको बारेमा आम नेपाली जनतालाई जानकारी दिने उद्देश्यले निर्धारण गरिएको विरोध कार्यक्रम अन्तरगतमाघ ८ गते ७ सय५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडामा हुने विरोध प्रदर्शनलाई अझ व्यापक र प्रभावकारी बनाउन समेत सबैमा अपील गर्नुभएको छ ।

सभापति देउवाले निरन्तर समाचार सम्प्रेषण गरेर आम नेपालीका बिचमा नेपाली कांग्रेसका विचार तथा संविधान र लोकतन्त्रको संरक्षण तथा सम्बर्धनमा गरिएका प्रयासहरुको बारेमा सन्देश पुर्याएकोमा समस्त सञ्चारकर्मीहरुलाई पनि नेपाली कांग्रेसका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको छ ।

Share Now

Leave a comment.