Prakash Adhikari February 3, 2018

सानेपा(ललितपुर), २० माघ । नेपाली कांग्रेसले माघ २४ गते हने राष्ट्रिय सभा निर्वाचनका लागि देशका सात वटै प्रदेशमा पार्टीका तर्फबाट निर्वाचित भएका प्रदेश सभा सदस्य, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँ पालिकाका अध्यक्ष र उपाध्यक्षहरुलाई ह्वीप जारी गरेको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा शनिवार जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्बत २०७४ साल माघ २४ गते देशका सात वटै प्रदेशमा सम्पन्न हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभाका सदस्यहरु र स्थानीय तहका नगरपालिकाका प्रमुख एवं उपप्रमुख र गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षहरु स्वदेश तथा विदेश जहाँ रहनु भएको भएता पनि यही २०७४ माघ २२ गते भित्र आफ्नो प्रदेशको मतदान स्थलमा उपस्थित हुनु हुन, पार्टी एवं राष्ट्रिय सभाका उम्मेदवारहरुसँग निरन्तर सम्पर्कमा रहिरहनु हुन र २०७४ माघ २४ गते आ–आफ्नो प्रदेशको मतदान स्थलमा हुने राष्ट्रिय सभाको निर्वाचनमा अनिवार्य उपस्थित भई पार्टीको आधिकारिक उम्मेदवारहरुलाई मतदान गर्नु हुन नेपाली कांग्रेस निर्देशन गर्दछ ।’

Share Now

Leave a comment.