Prakash Adhikari January 19, 2021

काठमाडौं, ६ माघ । नेपालमा पेट्रोलियम पदार्थको आयात र भण्डारण र थोक वितरण गर्दै आएको नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ ।

 

सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिनुभयो ।

मूल्य बढेपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैंया पुगेको छ । यस्तै डिजेल र मट्टीतेलको मूल्य ९३ रुपैयाँ पुगेको छ ।

पेट्रोल, डिजेल र मट्टीतेलमा मुल्यबृद्धि गरिए पनि एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

Share Now

Leave a comment.