Prakash Adhikari January 19, 2021

 

कीर्तिपुर(काठमाडौं), ६ माघ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत पाँचौ दिनको समुह ‘बि’ अन्तर्गतको खेलमा लुम्बिनी प्रदेशले प्रदेश २ लाई ७७ रनले पराजित गरेको छ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनी प्रदेशले दिएको २ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश २ ले ४२. ४ ओभरमा १ सय ८० रन जोड्दा सम्पूर्ण विकेट गुमाएको थियो।

 

प्रदेश २ को लागि बिबेक यादबले सर्वाधिक ५१ रन, सुधीर चौधरीले ४२ रन, मेहबुब आलमले ३१ रन तथा हरिशंकर शाहले २२ रन बनाएका थिए।

 

लुम्बिनीको बलिंगमा अनिल खरेलले सर्वाधिक ४ विकेट लिए भने बिक्रम भुसाल र दिपेन्द्र रावतले समान २ । २ विकेट तथा कृष्ण कार्की र अमित तामांगले समान १ । १ विकेट लिएका थिए।

खेलमा टस जितेर ब्याटिंग गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो।

लुम्बिनीको लागि सन्दीप रजालीले सर्वाधिक ८३ रन बनाए भने सौरभ खनालले ५६ रन, बिक्रम भुसालले ३६ रन, कृष्ण कार्कीले १० रनको योगदान दिए।

 

प्रदेश २ को बलिंगमा हरिशंकर शाहले सर्वाधिक ३ विकेट लिए भने दिभ्याँशु मलिकले २ । खेलमा सैफुल्लाह अन्सारी, कुमार थापा र बिशाल सुश्लिंगले समान एक एक विकेट लिए।

 

Share Now

Leave a comment.