Prakash Adhikari January 19, 2021

 

मूलपानी(काठमाडौं), ६ माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा आज भएको खेलमा गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गर्दै कर्णाली प्रदेशले शानदार जित हासिल गरेको छ।

घरेलु राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशले पहिलो जित हासिल गर्दै इतिहास रचेको हो। प्रधानमन्त्री कपको अघिल्लो संस्करणहरुमा कर्णाली प्रदेश जितविहिन रहेको थियो।

यस संस्करणको पहिलो खेलमा कर्णाली त्रिभुवन आर्मी क्लबसंग पराजित भएको थियो।

मूलपानी मैदानमा सम्पन्न खेलमा गण्डकी प्रदेशले दिएको २ सय ५ रनको लक्ष्य कर्णालीले ५ विकेट गुमाएर ३६.५ ओभरमा पूरा गरेको थियो।

कर्णालीको जितमा हिमांशु शाहीले अविजित सर्वाधिक ६८ रन बनाए जुन क्रममा ६० बलमा ७ चौका प्रहार गरे। यस्तै बिपिन रावलले ४९ रन, राज शाहले ३२ रन, हेमन्त ओलीले २९ रन योगदान दिए।

गण्डकीको बलिंगमा कप्तान बिपिन रावलले सर्वाधिक ४ विकेट लिए भने सुबास भण्डारीले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको गण्डकीले ४२.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर २ सय ४ रन बनाएको थियो।

गण्डकीको लागि राहुल उपाध्यायले सर्वाधिक ५३ रन बनाए । ओपनर अर्जुन कुमालले ४६ रन, कप्तान बिपिन खत्रीले ३२ रन तथा दिनेश बुढामगरले १० रन बनाएका थिए।

कर्णाली प्रदेशको बलिंगमा दिनेश अधिकारीले सर्वाधिक ३ विकेट तथा अनुज चुनारा र दिवान पुनले समान २ ।२ विकेट लिए भने कप्तान रबिन्द्र जंग शाहीले १ विकेट लिए।

 

Share Now

Leave a comment.