काठमाडौं, ७ माघ । काठमाडौँमा भैरहेको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत छैठौं दिनको खेलमा नेपाली सेना र नेपाल प्रहरीको विभागीय टिमहरु विजयी बनेका छन् । प्रदेश १ र सुदूरपश्चिमका टिमहरु पराजित भएका छन् ।
समुह ‘ए’ अन्तर्गतको खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश १ लाई ४ विकेटले पराजित गर्दै लगातार तेश्रो जित दर्ता गरेको छ। आर्मीले यस अघि गण्डकी प्रदेश र कर्णाली प्रदेशलाई पराजित गरेको थियो। प्रदेश १ को यो लगातार तेश्रो हार हो ।
मुलपानी माथिल्लो मैदानमा सम्पन्न खेलमा प्रदेश १ ले दिएको १ सय३२ रनको लक्ष्य आर्मीले २९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो।
आर्मीको लागि रोहित पौडेलले सर्वाधिक ३६ रन, भीम सार्कीले २९ रन तथा राजेश पुलामीले २४ रन बनाए।
प्रदेश १ को बलिंगमा फिर्दोश अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कंडेल र शुभांकर उरावले समान १ । १ विकेट लिएका थिए।
प्रदेश १ को ब्याटिड.
यस अघि टस जितेर ब्याटिंग रोजेको प्रदेश १ ले ४१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो।
प्रदेश(१ को ब्याटिंगमा बिबेक मेहताले सर्वाधिक ५० रन बनाए भने फिर्दोश अन्सारीले ३२, दिपक पासवानले १९ तथा दिपेश कंडेलले ११ रन योगदान दिए।
आर्मीको बलिंगमा शाहब आलमले सर्वाधिक ४ विकेट लिए भने आकाश चन्दले ३ विकेट लिए। सुशन भारि, भीम सार्की र राजेश पुलामीले समान १ विकेट लिए
नेपाल प्रहरीद्धारा सुदूरपश्चिम ९ विकेटले पराजित
पहिलो खेलमा बागमती प्रदेशसंग पराजित भएको गत बर्षको विजेत नेपाल पुलिस क्लबले दोश्रो खेलमा लयमा फर्कदै सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको छ।
त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १ सय ११ रनको लक्ष्य नेपाल प्रहरीको टिमले मात्र १ विकेट गुमाएर १७ ओभरमा पूरा गर्यो।
प्रहरीका ओपनर सुनिल धमला ५३ रन बनाए भने कुशल भुर्तेलले ५१ रन बनाए।
सुदूरपश्चिमको लागि १ मात्र विकेट हेमन्त धामीले लिएका थिए।
यस अघि टस जितेर प्रहरीले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको सुदूरपश्चिमले ३३.१ ओभरमा सबै विकेट गुमाएर १ सय १० रन मात्र बनाउन सकेको थियो।
सुदूरपश्चिमको लागि खडक बोहराले सर्वाधिक ४० रन, संजु दमाईले ३५ रन, अरुण ऐरीले १३ तथा अर्जुन साउदले १० रनको योगदान दिएका थिए।
नेपाल प्रहरीको बलिंगमा देब्रे हाते स्पिनर सागर ढकाल र अफ स्पिनर दिपेन्द्र ऐरीले समान ४ विकेट लिए। सागरले १० ओभरमा ३ ओभर मेडन गर्दै १८ रन खर्चिए भने दिपेन्द्रले ६.१ ओभरमा २ मेडन ओभर गर्दै १० रन खर्चिए। २ विकेट पुलिसले रन आउटको रुपमा प्राप्त गर्यो