धरान(सुनसरी),२० माघ । बुढासुब्बा गोल्डकपको उद्घाटन खेलमा साबिक उपविजेता संकटा क्लबले मनाङ मस्र्याड.दीलाई पराजित गरी सेमिफाइनलको यात्रा तय गरेको छ ।
शनिबार धरान रंगशालामा सुरु भएको प्रतियोगितामा मनाङ मस्र्याग्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो।
प्रतियोगितामा एकमात्रै निर्णायक गोल संकटाका विदेशी खेलाडी अर्नेष्ट टमले गरे।
खेलको म्यान अफ द म्याच अर्नेष्ट नै घोषित हुँदै नगद १० हजार रुपैयासहित ट्रफी प्राप्त गरेका छन्।
प्रतियोगिताको उद्घाटन धरान उपमहानगरका मेयर तारा सुब्बाले गरे।
दुई दशक पुगेको अवसरमा आयोजक धरान फुटबल क्लवले २० वटा प्याराग्लाइडिङलाई अवतरण गराएको थियो। प्रतियोगितामा कोलकोताको एक सहित ८ वटा टीम सहभागी छन्।
आयोजक धरान फुटबल क्लबसहित थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, सूदूरपश्चिम–११, काँकभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र पाहुना टोली दुर्गापुर स्टील फुटबल क्लब कोलकत्ता सहभागी छन्।
प्रतियोगिताका विजयी टीमलाई नगद ६ लाख रुपैयाँसहित ट्रफी सम्मान पत्र प्रदान गरिने र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफी र
प्रमाणपत्र पाउने आयोजक क्लबका अध्यक्ष किशोर राई बताए।