काठमाडौं,२० माघ ।राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र प्रदेश नम्बर २ मा सरकारको नेतृत्व आलोपालो गर्नु पर्ने मत देखा परेको छ।
तर त्यहाँको प्रादेशीक सरकारको नेतृत्व गर्न अग्रसर संघीय समाजावादी फोरम नेपालका अध्यक्षले त्यो स्वीकार्य नहुने बताएका छन्।
राजनीतिमा कुनै दुर्घट्ना नभएमा फोरमसँग मिलेर संयुक्त सरकार बनाउँछौं। हामीबीच चार सिटमात्र फरक रहेकाले बराबरी हैसियतमा सरकार चलाउने हो, मुख्यमन्त्री आलोपालो गर्नुपर्ने हाम्रो मत छ
मनिष सुमन, महासचिव, राजाप नेपाल
प्रदेश नम्बर २ को सबैभन्दा ठूलो दल संघीय समाजवादी फोरम नेपाल पार्टीभित्रबाट मुख्यमन्त्रीको उम्मेद्वार छान्ने कसरतमा जुटेको छ।
अध्यक्ष उपेन्द्र यादवका अनुसार त्यसको टुंगो आइतवार लाग्नेछ।
‘हुँदैन-हुँदैन’
यस्तो बेला उसलाई रुचिकर नलाग्ने मत राजपा नेपालभित्र देखा परेको छ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मिलेर स्थायी सरकार बनाउने बताएका छन्
उक्त दलका एकजना महासचिव मनिष सुमनले भने, “राजनीतिमा कुनै दुर्घटना नभएमा फोरमसँग मिलेर संयुक्त सरकार बनाउँछौं। हामीबीच चार सिटमात्र फरक रहेकाले बराबरी हैसियतमा सरकार चलाउने हो, मुख्यमन्त्री आलोपालो गर्नुपर्ने हाम्रो मत छ।”
उनका अनुसार त्यसबारे औपचारिक छलफल नभए पनि फोरम नेपालसँग अनौपचारिक कुराकानी धेरै पटक भइसकेको छ।
हुँदैन-हुँदैन, केको आलोपालो? व्यक्तिलाई पालो पुर्याउन संघीय प्रणाली ल्याएको हो र? पाँच वर्ष चल्ने गरी मिलेर सरकार बनाउने हो
उपेन्द्र यादव, अध्यक्ष, फोरम नेपाल
तर फोरम नेपालका अध्यक्ष यादवले भने, “हुँदैन-हुँदैन, केको आलोपालो? व्यक्तिलाई पालो पुर्याउन संघीय प्रणाली ल्याएको हो र? पाँच वर्ष चल्ने गरी मिलेर सरकार बनाउने हो।”
प्रदेश नम्बर ५ मा दलको नेता सर्वसम्मतिले छानेको एमालेले अन्य तीनवटा प्रदेशमा सहमति नभए मतदानबाट चयन गर्ने निर्णय गरेको छ।
एमालेसँग गठबन्धन बनाएर दुईवटा प्रदेशमा मुख्यमन्त्री पाएको माओवादी केन्द्रमा प्रदेश नम्बर ७ को नेता सिफारिसले विवाद निम्त्याएको छ।
हामीले जित्यौं भने ठिक छ, हार्यौं भने पनि सहर्ष स्वीकार गर्छौं भनेर चुनावको माग गरेका छौ
बीरमान चौधरी, माओवादी पोलिटब्युरो सदस्य
मतदानको माग
प्रदेश सभाले गरेको सिफारिसप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रहेका प्रदेश सभा सदस्य बीरमान चौधरीले भने, “हामीले जित्यौं भने ठिक छ, हार्यौं भने पनि सहर्ष स्वीकार गर्छौं भनेर चुनावको माग गरेका छौ।”
माओवादीभित्र भावी मुख्यमन्त्री चयनलाई लिएर विवाद देखा परेको छ
अधिकारको दुरुपयोग गरेर उक्त प्रदेशका पार्टी इन्चार्ज लेखराज भट्टले एकल रुपमा नाम सिफारिस गरेको उनको आरोप छ।
तर भट्टले जिल्ला संयोजकहरुसँगको परामर्शमा अन्य तीनजनाको नाम आकांक्षीको रुपमा राखेर त्रिलोचन भट्टको नाम दलको नेतामा सिफारिस गरेको जानकारी दिए।
एउटै मुख्यमन्त्री हुने भएकाले सबै आकांक्षीको नाम सिफारिस गर्न सक्ने कुरा भएन। अब निर्णय केन्द्रको हातमा छ
लेखराज भट्ट, प्रदेश नं ७ को माओवादी इन्चार्ज
आफू नपरेपछि केहीले असन्तुष्टि जनाएको टिप्पणी गर्दै उनले भने, “एउटै मुख्यमन्त्री हुने भएकाले सबै आकांक्षीको नाम सिफारिस गर्न सक्ने कुरा भएन। अब निर्णय केन्द्रको हातमा छ।”
माओवादी केन्द्रले प्रदेशबाट प्राप्त सिफारिस अनुसार केन्द्रीय कार्यालय बैठकबाट भावी मुख्यमन्त्री चयन गर्ने जनाएको छ।
उसले पाएको अर्को प्रदेश नम्बर ६ को मुख्यमन्त्रीको निम्ति महेन्द्रबहादुर शाही र नरेश भण्डारी आकांक्षी देखिएका छन्।
बीबीसीबाट