Prakash Adhikari January 21, 2021

 

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को २६ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।

कम्पनीको साधारण सभा वेबनार मार्फत होटल हिमालय कुपण्डोल, ललितपुरमा सम्पन्न भएको हो ।

सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५।०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रबाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचिहरु पारित गरिएको छ ।

सभाले आर्थिक वर्ष २०७६।०७७ का लागी बाह्य लेखा परिक्षक मदन निरौला एण्ड कं चार्टर्ड एकाउण्टेण्ट्लाई नियुक्त गरिएको छ ।

कम्पनीको विशेष प्रस्ताव अन्तर्गत बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्व–साधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय सर्वसम्मतिले पारित गरिएको छ ।

Share Now

Leave a comment.