Prakash Adhikari January 21, 2021

इस्लामावाद(पाकिस्तान), ८ माघ । पाकिस्तानमा रहेको विश्वको दोश्रो अग्लो हिमाल माउण्ट ‘के टु’मा शिशिर ऋतुमा पहिलो सफल आरोहण गर्ने नेपाली पर्वतारोही टिमलाई त्यहाँ भव्य स्वागत गरिएको छ ।

यही जनवारी १६ मा स्थानीय समय अनुसार दिउसो ५ :००बजे नेपालका १० जना बिख्यात आरोहीहरुले माउण्ट ‘के टु’ को शिशिर आरोहण सफलतापूर्वक सम्पन्न गरी विश्व कीर्तिमान कायम गरेका थिए ।

विश्व कीर्तिमानधारी नेपाली पर्वतारोहीहरुको स्वास्थ्यको हेरचाह र सकुशल फिर्तीको बन्दोवस्तको लागि नेपाल पर्बतारोहण संघको अनुरोधमा पाकिस्तान सरकार, पाकिस्तानी सेना र अल्पाइन क्लब अफ पाकिस्तानको सहयोगमा केटु बेसक्याम्पबाट हेलिकपटरद्वरा स्कार्दु भन्ने गाउँमा ल्याइएको नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुड.ले जानकारी दिनुभएको छ ।

 

सो गाउँमा स्थानीयसहित पाकिस्तानी सेनाका प्रमुख, पाकिस्तानी सरकारका प्रतिनिधि र पाकिस्तान अल्पाइन क्लब तथा अन्य सरोकारवालाहरुले भब्य स्वागत तथा बधाई कार्यक्रमको आयोजना गरिएको थियो ।

https://twitter.com/Shah28Adil/status/1351912997162250240

शिखरमा पुग्ने १० नेपालीहरूमा पुर्जा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जेन शेर्पा, पेम छिरी शेर्पा, दावा तेम्बा शेर्पा, मिङ्मा जी, दावा तेन्जीन शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा रहनुभएको छ।

सन् १९८७९८८ मा पहिलो प्रयास गरिएपछि केटुको शिखरमा हिउँदमा पुग्ने थोरै मात्रै प्रयास भएका थिए। यस अघिसम्म ७,६५० मिटरभन्दा माथि कोही पुगेका थिएनन्।

सगरमाथाभन्दा २०० मिटर मात्रै कम उचाइको केटु पाकिस्तान चीन सिमानामा रहेको काराकोरम हिमश्रृङ्खलामा अवस्थित छ।

संसारमा भएका ८,००० मिटरभन्दा अग्ला १४ शिखरमध्ये केटु हिउँदमा आरोहण गर्न सबैभन्दा कठिन मानिन्छ।

केटुको सबैभन्दा गार्‍हो स्थानको रूपमा सन् २००८ मा ११ जना पर्वतारोहीको मृत्यु भएको एउटा साँघुरो स्थान रहेको छ।

सफल आरोहीमध्ये एक निर्मल पुर्जाले लेख्नुभएको छ ‘असम्भव सम्भव बन्यो। मानव जातिका लागि इतिहास बन्यो। नेपालका लागि इतिहास बन्यो।’

त्यो क्षण विशेष रहेको लेख्दै उहाँले भन्नुभयो, ‘आरोहण दलका सबै सदस्यले शिखरभन्दा १० मिटर तल कुरेर समूहका रूपमा नेपाली राष्ट्रिय गान गाउँदै शिखरमा पाइला टेकेका हौँ।’

Image may contain: one or more people, mountain, sky, outdoor and nature
केटु

शिशिरमा माउण्ट के टू बिजय गर्ने नेपाली पवर्तारोहीहरु आज पाकिस्तानको राजधानी इस्लामाबाद आईपुग्ने बताइएको छ ।

Share Now

Leave a comment.