Prakash Adhikari January 24, 2021

 

भीमदत्तनगर(कञ्चनपुर), ११ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म पार्टीले सञ्चालन गरिरहेको आन्दोलन जारी रहने बताउनुभएको छ।
नेपाली कौग्रेस कञ्चनपुरले हेन्द्रनगरमा शनिबार गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ मा प्रतिनिधि सभा विघटन गर्न गर्नुभएको सिफारिस र त्यसमा आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधि सभा विघटन गरी बैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा असंवैधानिक भएकोले कांग्रेस आन्दोलनमा रहेको उहाँले बताउनुभयो।

उहाँले प्रधानमन्त्रीले घोषणा गरेको समय वैशाखमा चुनाव नहुने पनि बताउनुभयो।

‘प्रधानमन्त्री ओलीले अराजनीतिक र असंवैधानिक काम गर्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभा पुनर्स्थापनाको अरू कुनै विकल्प छैन।’

प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भन्नेमा पार्टी एकमत रहेको र कांग्रेसभित्र अहिले कुनै विवाद नरहेको पनि कोइरालाको भनाइ थियो।

‘प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म निरन्तर रूपमा पार्टी आन्दोलनमा रहन्छ,’ कांग्रेस नेता डा. शेखरले भन्नुभयो।

उहाँले प्रधानमन्त्री ओलीको कदम सच्याएर मात्रै कांग्रेसले सडक छाड्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।

 

Share Now

Leave a comment.