Prakash Adhikari January 25, 2021

 

काठमाडौं, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको असंवैधानिक र गैरप्रजातान्त्रिक कदमको विरोध गर्दा अधिकारकर्मी कृष्ण पहाडीसहित २६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिनिधिसभा विघटनपछि पद समेत रिक्त भएर कामचलाउमा प्रधानमन्त्रीमा रुपान्तरित भैसेकेपछि पनि अदालतलाई नै प्रभाव पार्ने दुष्प्रयास गरेको भन्दै मानव अधिकार तथा शान्ति समाजले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा गरेको प्रदर्शन गरेको थियो ।

प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री ओली आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकार स् कीर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गरलगायतका प्ले कार्ड प्रदर्शन गरेका थिए।

प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको समाजकी सरिता पौडेलले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य नम्रता खरेल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी, अधिकारकर्मीहरु रामचन्द्र खतिवडा, सुरज बोहरा, ईश्वर पुडासैनी, रमेश बराल, पुरुषोत्तम घिमिरे, उमा गौतम, माँया भट्टराई, लक्ष्मी राना, सानु लामा, आर एस महतो, डिकम्बर राणा, भगवान पुडासैनी, किरण ढकाल, रोज विष्ट, किङकङ राई, संजोग राई, मोहीणीप्रसाद आचार्यलगायत हुनुहन्छ।

 

Share Now

Leave a comment.