Prakash Adhikari January 25, 2021

काठमाडौं, १२ माघ । प्रधानमन्त्री के.पी.शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध आवाज उठाउने नागरिक अभियन्तामाथि प्रहरीले प्रधानमन्त्री निवास बालुवाटार छेउमा निर्घात लाठी बर्साएको छ ।

लाठी प्रहारबाट नागरिक अभियान्ताहरु घाइते पनि भएका छन् ।

प्रधानमन्त्री ओलीले वर्तमान संविधान र राजनीतिक व्यवस्था सिध्याउने दुषित मनशासयले संविधानले नदिएको अधिकार प्रयोग गर्दै प्रतिनिधिसभा विघटन गरेपछि त्यसलाई सच्च्याउन दबाब ढाउने उद्देश्यले नागरिक अभियन्ताहरुले प्रतिगमनविरोधी अभियान सञ्चालन गरेका छन् ।

प्रतिगमनविरुद्ध प्रदर्शन गर्दै बालुवाटार पुगेका नागरिक अभियन्ताहरुमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथै पानीको फोहरा बर्साएको थियो।

प्रहरीको आक्रमणमा केहि अभियन्ताहरु घाइते भएका छन्।

.प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको विरोध गर्दै नागरिक अगुवा, कवि, कलाकार, लेखक लगायतका अभियन्ताहरु आज सोमबारको प्रदर्शनमा सहभागी थिए।

आजको प्रदर्शन कमलपोखरी बचाऊ अभियानका अभियन्ता र अन्य सहभागीहरु भेला भई कमलपोखरीको माटो निधारमा लगाएर संयुक्तरुपमा बालुवाटारतर्फ मार्च गरेका थिए।

शान्तिपूर्णरुपमा प्रदर्शन गरेका उनीहरुमाथि प्रहरीले बल प्रयोग गर्दा केहि प्रदर्शनकारी घाइते भएका हुन्।

Share Now

Leave a comment.