Prakash Adhikari January 26, 2021

 

काठमाडौं, १३ माघ । नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

मंगलबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा भंग गर्ने निर्णयविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभए अनुसार नेपाली कार्य समितिको बैठकमा माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक संस्थाहरुले र ३० गते जिल्लास्तरीय विरोध कार्यक्रमको प्रस्ताव गरिएको छ ।

बैठकअघि बसेको पदाधिकारी बैठकले उक्त आन्दोलनको प्रस्ताव तयार पारेको थियो भने सोही प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो ।

पदाधिकारी बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छुट्टाछुट्टै छलफल समेत भएको जनाइएको छ ।

नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको लागि गर्नुभएको असंवैधानिक कदमविरुद्ध पौष १३ गते प्रतिनिधिसभाको सदस्य निर्वाचन क्षेत्रमा, पुस २५ मा प्रदेशसभाको सदस्य निर्वाचन क्षेत्र, माघ ३ गते देशभरका ७ सय ५३ वटा पालिकामा र माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।

 

Share Now

Leave a comment.