
रोम(इटाली), १३ माघ(बीबीसी) । कोरोनाभाइरस महामारी नियन्त्रण गर्न नसकेको भन्दै आलोचना भएपछि इटलीका प्रधानमन्त्री कोन्टेले राजीनामा दिन लाग्नुभएको छ।
इटलीमा कोरोना भाइरसको संक्रमणबाट ८५, हजार भन्दाबढी मानिसले ज्यान गुमाएका छन्।
सिनेटमा स्पष्ट बहुमत हात पार्न नसक्नुभएका प्रधानमन्त्री कोन्टेले राष्ट्रपतिबाट अर्को बलियो सरकार गठन गर्ने अनुमति पाउने अपेक्षा गर्नुभएको छ।
तर त्यसो हुन सकेन भने अरू कसैले नयाँ सरकार गठन गर्न पाउनेछन् र नयाँ निर्वाचन हुन सक्छ।
कोन्टेले सन् २०१८ देखि दुई पटक गठबन्धन सरकारको नेतृत्व गर्नुभएको छ।
गत साता उहाँ तल्लो सदनमा अविश्वासको प्रस्तावबाट जोगिन सफल हुनुभएको थियो। सिनेटमा उहाँले आफ्नो पक्षमा समर्थन जुटाउन सके पनि स्पष्ट बहुमत भने पाउन सक्नुभएन।