Prakash Adhikari February 1, 2021

 

शक्तिमाया तामाङ

विदुर(नुवाकोट), १९ माघ । नुवाकोटमा नेकपाका दुई समूहबीच झडप भएको छ।

केपी शर्मा ओलीको समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न नुवाकोट आउनुभएका उपप्रधानमन्त्री ईश्वर पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र अन्य नेतालाई कालो झण्डा देखाउने क्रममा प्रचण्ड .माधव नेपाल पक्षीय कार्यकर्ता, ओली पक्षीय कार्यकर्ता र प्रहरीबीच झडप भएको प्रहरीले बताएको छ।

झडपका क्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलसँगै आएको एउटा गाडीको सिसा फुटेको र पोखरेलको गाडीमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।

झडपमा प्रचण्ड-नेपाल समूहका विनोद कोइराला र प्रदीप भट्टसहित केही व्यक्ति घाइते भएको उक्त समूहका एक नेता उद्धव पनेरूले बताउनुभएको छ।

 

Share Now

Leave a comment.