वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), २० माघ (बीबीसी) । अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडनले म्यान्मारको सेनाले नेत्री आङ सान सू चीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै सेनाविरुद्ध कदम चालिने धम्की दिनुभएको छ।
बाइडनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भन्नुभएको छ र त्यसो नभए अमेरिकाले “उचित कदम” चाल्ने धम्की दिनुभएको छ।
अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले नेत्री सू चीको गिरफ्तारिलाई “भयभीत पार्ने” भनि व्याख्या गर्नुभएको छ।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले मङ्गलवार म्यानमारमा भएको कूबारे छलफल गर्न आपत्कालीन बैठक गर्ने योजना गरेको छ।
युरोपेली सङ्घ, जापान र भारतले म्यान्मारमा प्रजातन्त्र फिर्ता गर्ने ह्वाइट हाउसको मागमा समर्थन जनाएका छन्।