Prakash Adhikari February 3, 2021

काठमाडौं, २१ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डाक्टर गणेशराज जोशीले राजीनामा दिनुभएको छ।

आयुक्त डा. जोशीले बुधबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामापत्र बुझाउनुभएको हो।

राष्ट्रपतिको कार्यालयले आयुक्त जोशीले बुधबार राष्ट्रपतिलाई भेटेर राजीनामा बुझाउनु भएको पुष्टि गरेको छ।

२०७१ चैतमा अख्तियारको आयुक्तमा नियुक्त हुनुभएका डा. जोशीले आफूभन्दा कनिष्ठलाई प्रमुख आयुक्त बनाएको असन्तुष्टि जनाउदै राजिनामा दिनुभएको बताइएको छ । डा. जोशीको स्वभाविक अवकाश चैत १९ गते हुँदैथियो।

अख्तियार प्रमुख नवीन घिमिरेको कार्यकाल समाप्त भएर अवकाश पाएपछि डा.जोशी कार्यबाहक आयुक्त हुनुभएको थियो।

Share Now

Leave a comment.