Prakash Adhikari February 4, 2021

 

काठमाडौं, २२ माघ । बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।
अध्यक्ष सिलवाललाई अर्थ मन्त्रालयका  अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बीमा समितिका नवनियुक्त अध्यक्ष सिलवाललाई पद तथा गोपनियताको सपथ  सपथ गराउनुभएको हो।

सपथ ग्रहण गराउँदै सचिव ढुङ्गानाले आगामी दिनमा बीमाको पहुँच बढाउनुपर्ने बताउनुुभयो। उहाँले भन्नुभयो, बीमा क्षेत्रमा सुशासनको समस्या रहेको छ राम्रो नियमनको विकास गर्नुपर्ने चुनौती पनि रहेको छ।

सचिव ढुङ्गानाले कोरोना बीमाको दाबी गर्नेहरुलाई भुक्तानी गर्नु तथा फन्डको व्यवस्थापन गर्ने चुनौती रहेको पनि बताउनुभयो । उहाँले सरकारको स्वामित्वमा रहेका दुई बीमा कम्पनीहरुलाई पारदर्शी बनाउनुपर्ने आवश्यकता पनि औल्याउनुभयो।

बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीको पहुँच बिस्तारका साथै कम्पनीको विश्वसनीयता बढाउन आफू खरो उत्रिने बताउनुभयो।

उहाँले नीतिगत कुराहरुलाई फास्टट्रयाकमा लैजान मन्त्रालयको सहयोगको अपेक्षा रहेको बताउनुभयो।

बीमा क्षेत्रको वर्तमा समस्यालाई समाधान गर्दै नीतिगत र संरचनालाई समीक्षा गरिने पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा उपस्थित अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयको तर्फबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने आश्वासन दिनुभएको थियो।

 

Share Now

Leave a comment.