आबुधाबी(युनाइटेड अरब इमिरेट्स), २२ माघ । युएईमा भैरहेको अबुधाबी टि १० लिग अन्तर्गत नेपाली बलर सोमपाल कामीले डेक्कन ग्ल्याडिएटर्स बिरुद्धको खेलमा एकै ओभरमा दुई विकेट लिएका छन् । उनले पूरा ओभर दुइ रन दिएर दुई विकेट लिएका थिए ।
Best ever @Sompal_Kami in T10 cricket league!!
2-0-12-2 pic.twitter.com/1Slr3KcgEj
— Ramy's (@SteinBergRD) February 4, 2021
इनिंग्सको छैठौं ओभरमा बलिंग गर्न आएका सोमपालले ओभरमा २ विकेट लिए। चौथो बलमा सोमपालले स्लोअर बलमा प्रशान्त गुप्ता पुल गर्ने क्रममा क्याच आउट भए। ३५ रन बनाएका गुप्ताको महत्वपूर्ण विकेट लिंदै उनले टिमलाई खेलमा फर्काए। ओभरको छैठौं बलमा पनि सोमपाल रोकिएनन् क्रिजमा जमीसकेका अर्का ब्याट्सम्यान यासिर कलिमलाई उनले क्याच आउट गराए। सोमपालले गरेको स्लोअर बलमा पुल गर्ने क्रममा उनी डिप मीड विकेटमा क्याच आउट हुन पुगे।
पहिलो ओभरमा सोमपालले मात्र २ रन खर्चेर २ विकेट लिए
आठौँ ओभरमा दोश्रो ओभर बलिंग गरेका सोमपालको पहिलो २ बलमा अनवर अलिले चौका प्रहार गरे। त्यसपछि भने सोमपालले बाँकी ४ बलमा मात्र २ रन दिए जुन राममा क्यामरन डेलपोर्टलाई रन बनाउने मौका दिएनन्।
कुल २ ओभर बलिंग गर्ने क्रममा सोमपालले १२ रन खर्चेर २ विकेट लिंदै लिगमा आफ्नो उत्कृष्ट स्पेल दर्ता गरे।
लिग अन्तर्गत पछिल्लो खेलमा सोमपालले १ ओभर बलिंग गर्दा टिम अबुधाबी बिरुद्ध २७ रन खर्चिएका थिए। त्यस क्रममा उनलाई क्रिस गेलले लगातार ३ चौका तथा पल स्टरलिंगले २ चौका प्रहार गरेका थिए


















