काठमाडौँ,२१ माघ । नेपाली काँग्रेसले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा आफ्ना मतदातालाई प्रशिक्षण दिन, समन्वय गर्न र आफ्ना उम्मेद्वारलाई जिताउने बन्दोबस्त गर्नका लागि हरेक प्रदेशमा केन्द्रीय प्रतिििनधि खटाएको छ ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा प्रदेश नं ४ मा पार्टीका तर्फबाट आवश्यक व्यवस्थापन गर्न उपप्रधानमन्त्री एवं पार्टी नेता गोपालमान श्रेष्ठलाई केन्द्रीय प्रतिनिधि तोकेको जनाइएको छ । ।
काँग्रेसले यसअघि नै प्रदेश नं १ मा डा डिला संग्रौला, प्रदेश नं २ मा विमलेन्द्र निधि, प्रदेश नं ३ मा डिना उपाध्याय, प्रदेश नं ५ मा बालकृष्ण खाँण, प्रदेश नं ६ मा जीवनबहादुर शाही र प्रदेश नं ७ मा एनपी साउदलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइसकेको छ ।