वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), १ फागुन(बीबीसी) । पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध माथिल्लो सदन सिनेटमा चलिरहेको महाभियोगसम्बन्धी सुनुवाइका क्रममा उनका वकिलहरूले डेमोक्र्याटिक दलले ट्रम्पविरुद्ध बदलाको अभियान चलाएको आरोप लगाएका छन्।
सिनेटमा महाभियोग लगाउनु पर्ने कारणहरू प्रस्तुत गर्ने क्रममा डेमोक्र्याटिक दलका नेताहरूले यो साता ज्यानुअरी ६ मा भएको क्यापिटल भवन हमलाका कैयन् भिडिओ फुटेज समेत प्रदर्शन गरेका थिए।
ट्रम्पका वकिलको जिकिर
सुनुवाइमा आफैँ बयान दिन पूर्व राष्ट्रपति ट्रम्प उपस्थित नभएकोले उहाँका वकिलहरूले शुक्रवार डेमोक्र्याटिक दलका तर्कहरूको प्रतिवाद गर्न केही घण्टामात्र लिएका थिए।
Donald Trump’s lawyers dismissed Democrats’ allegations that he incited the Capitol riot and said his exhortations to supporters to fight were standard political rhetoric, in a compact rebuttal that paved the way for a Senate vote as early as Saturday https://t.co/ElxKa27Jjm
— The Wall Street Journal (@WSJ) February 13, 2021
ट्रम्पले ती घातक हमला गर्न समर्थकहरूलाई उक्साएको आरोपलाई खण्डन गर्दै वकिलहरूले ट्रम्पको अभिव्यक्तिलाई अमेरिकी संविधानले रक्षा गर्ने जिकिर गरे।
साथै पूर्वराष्ट्रपतिमाथि लगाइएका आरोपहरू भयानक झुट भएको समेत वकिलहरूले बताए।
वकिल माइकल भान डेर भिनले समग्र महाभियोग सुनुवाइलाई नै डेमोक्र्याटहरूले थालेको राजनीतिक पूर्वाग्रहप्रेरित कारबाहीको संज्ञा दिनुभयो।
‘राष्ट्रपतिले कुनै हिसाबमा हिंसात्मक व्यवहार चाहेको वा उक्साएको भन्ने दाबी नै अनर्गल र भयानक झुट हो। क्यापिटल भवनमा अनधिकृत प्रवेश शुरु हुने बित्तिकै राष्ट्रपतिले ट्विटरमार्फत् दिएका दुई सन्देशमा (समर्थकहरूलाई) शान्तिपूर्ण रहनु अनि हामी कानुनव्यवस्था पक्षधर दल भएका हिंसा नगर्न भन्नुभएको थियो’, वकिलले बताए।
यसअघि महाभियोग पारित गर्नुपर्ने पक्षमा रहेका डेमोक्र्याट दलका नेताहरूले ट्रम्पलाई जबाफदेही नबनाइए उस्तै घटना फेरि दोहोरिन सक्ने चेतावनी दिएका थिए।
तल्लो सदन प्रतिनिधिसभाले यिनै आरोपमा ट्रम्पमाथि महाभियोग लगाइसकेको छ। तर महाभियोग पारित गर्न सिनेटको पनि समर्थन चाहिन्छ।
महाभियोग पारित गर्न सिनेटमा दुई तिहाइको बहुमत आवश्यक पर्छ जबकी डेमोक्र्याटहरूसँग केवल सामान्य बहुमत मात्र उपलब्ध छ।
अर्थात् १००(सदस्यीय सिनेटमा डेमोक्र्याटहरूसँग ५० सदस्य छन् अनि महाभियोग पारित गर्न ट्रम्पको दल रिपब्लिकनका कम्तीमा १७ सिनेटरहरूले त्यसमा साथ दिनु पर्नेछ।
‘The article of impeachment before the Senate is an unjust and blatantly unconstitutional act of political vengeance,’ said Trump lawyer Michael van der Veen said in his opening defense during the impeachment trial pic.twitter.com/UgyeuvraYq
— Reuters (@Reuters) February 12, 2021
महाभियोगको सुनुवाइ संवैधानिक छ कि छैन भनेर यसै साता भएको मतदानमा केवल आधा दर्जन रिपब्लिकन सिनेटरहरूले समर्थन जनाएपछि सुनुवाइ अघि बढेको थियो। त्यसैले महाभियोग पारित गर्न पर्याप्त रिपब्लिकन सिनेटरहरूको साथ रहने स्थिति देखिएको छैन।
यदि महाभियोग पारित भए पूर्व राष्ट्रपति ट्रम्पले आइन्दा चुनाव उठ्न पाउनुहुने छैन।
यसअघि अभियोजनकर्ताहरूले अमेरिकी सिनेटमा ट्रम्पविरुद्ध दोस्रो महाभियोगसम्बन्धी सुनुवाइमा आफ्नो तर्फबाट आधारहरू प्रस्तुत गरेका थिए।
शनिवार उक्त महाभियोग प्रस्तावमाथि मतदान हुने ठानिएको छ।


















