Prakash Adhikari February 13, 2021

 

काठमाडौं, १ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा शक्ति प्रदर्शन गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने सभामा २ लाख जनता उतार्ने दावी ओली समूहले गरेको छ ।

बुटवल उपमहानगरपालिका वडा नं ७ को सिद्धेश्वर माविको प्रांगणमा हुने आमसभामा रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट एक लाख गरी २ लाख सहभागी आउने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताउनुभएको छ ।

सरकारी नेकपाको लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको आमसभा नवलपरासी, पाल्पा, अर्घाखाँची, दाङ, बाँके, बर्दिया लगायत प्रदेश ५ क्षेत्रबाट मानिसहरु ल्याएको छ ।

गत माघ १५ गते नेकपाकै प्रचण्ड–माधव समूहले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको संयुक्त षड्यन्त्रमा गरिएको प्रतिनिधिसभाको असंवैधानिक विघटनको विरोधमा बुटबलमा विशाल सभा आयोजना गरेको थियो ।

मञ्चमा पाँच वटा डिजिटल स्क्रिनबाट आमसभालाई प्रसारण गर्ने व्यवस्था मिलाइएको छ ।आमसभालाई प्रधानमन्त्री ओलीसहित महासचिव एंव अर्थमन्त्री विष्णु पौडेल, उर्जामन्त्री टोपबहादुर रायमाझी, मुख्यमन्त्री पोखरेल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

 

Share Now

Leave a comment.