Prakash Adhikari February 16, 2021

 

मनाङ, ४ फागुन । ग्लोबल आइएमई बैंकले मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका ४, मनाङ बजारमा नयाँ शाखा खोलेको छ ।

नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २ सय ७० पुगेको छ ।

बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७५ जिल्लामा २ सय ७० शाखा, २ सय ४२ एटीएम, २ सय ४५ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८ सय सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले , भारत, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

‘सबैका लागि बैंक’ भन्ने नारालाई सार्थकता दिँदै बैंकले २२ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

 

Share Now

Leave a comment.