Prakash Adhikari February 16, 2021

काठमाडौं , ४ फागुन । महालक्ष्मी लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

काठमाडौंको होटल र्याडिसनमा सम्पन्न सभाले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता सेयर सार्वजनिक निष्कासन गर्ने निर्णय गरेको छ ।

कम्पनीका अध्यक्ष मनोरञ्जनरमण शर्माको अध्यक्षतामा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जीबन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराउनुभएको थियो ।

अध्यक्ष शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको वर्तमान वित्तीय अवस्था र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पार्नुभएको थियो।

यस्तै सभाले अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आर्थिक वर्ष २०७५ । ७६ को वासलात,नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पारित गरेको छ ।

सभाले संस्थापकहरुको तर्फबाट आगामी ४ वर्षका लागि मनोरञ्जनरमण शर्मा, उमेशलाल श्रेष्ठ,सुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई सञ्चालक समितिका सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।

Share Now

Leave a comment.