Prakash Adhikari February 5, 2018

२२ माघ, काठमाडाैं । नेपाल टेलिकमको चौधौं वार्षिकोत्सवको अवसरमा कम्पनीको विभिन्न सेवामा छुटसिहतका अफर अएको छ । प्याकेज तथा छुटको व्यबस्था सहित विभिन्न योजना अएको हो ।

नेपाल टेलिकमले ग्राहकको ब्यालेन्स सकिँदा सापटी दिने स्किम शुरु गर्ने भएको छ । टेलिकमले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट सेवा’ अन्तरगत यस्तो सुविधा ल्याएको हो ।

प्रिपेड कार्डबाहक ग्राहकले अब फोन गर्दा गर्दै पैसा सकिएमा पनि कुरालाई निरन्तरता दिन पाउने छन् । एनसेलले थालनी गरेको यस्तो सिस्टमलाई ग्राहकहरुले मन पराएका छन् । यस सेवाले कुराहुँदा हुँदै व्यालेन्स सकिएर रोकिनुपर्ने अवस्थाको अन्त गरि सेवाप्रदायक र सेवाग्राहीबीचमा विश्वास अभिबृद्धि गर्दछ ।

सोमबार टेलिकमले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतबाट यो सेवा आरम्भ भएको छ तर पूर्ण कार्यान्वयनमा भने एक महिनाभित्र आउने बताइएको छ । यो स्किममा कति रकमको सीमा राखिने भन्ने बिषय टुंगो लाग्न बाँकी छ ।

ग्राहकले बिना पैसा कुरा गर्न पाएको समय बराबरको रकम भने पछि रिर्चाज गर्दा काटिने छ ।

बार्षिकोत्सवमा नयाँ अफरै अफर

प्याकेज तथा छुट  योजनाअन्तरगत ADSL सेवाको speed माघ २५ देखि 5 Mbps मा स्तरोन्नति गरिनेछ । Cross-bundling अन्तर्गत माघ २५ देखि तीन महिनाका लागि ADSL सेवामा recharge गर्दा GSM वा CDMA मा डाटा बोनस उपलव्ध गरिने छ ।

हाल CUG सेवा GSM/CDMA Postpaid ग्राहकका लागि उपलव्ध हुँदै आएकोमा Prepaid ग्राहकहरुलाई समेत CUG सेवामा आवद्ध गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका जिएसएम सेवातर्फ माघ २३ देखि फागुन ८ सम्मको लागि Unlimited Night Voice प्याकेज (राति १० देखि बिहान ६ बजे सम्मका लागि) ३ दिनका लागि रु. ३५ मात्रै कायम गरिएको छ ।

Unlimited All Time डाटा प्याकेज (कुनै पनि समयमा प्रयोग गर्न सकिने) २४ घण्टाका लागि रु. ५० कायम भएको छ ।

Unlimited Night डाटा प्याकेज (राति १० देखि बिहान ६ बजे सम्मका लागि) एक रातको रु १५ कायम भएको टेलिकमले जनाएको छ ।

रिचार्ज बोनसतर्फ माघ २३ देखि माघ २९ सम्मको लागि रू ५०, १०० र २०० को रिचार्जमा १०% बोनस तथा ५०० र १००० को रिचार्जमा १५% बोनस दिइनेछ ।

PSTN सेवाग्राहीका लागि २०७४ फागुन महिनामा थप २५ कल बराबरको रकम छुट, माघ २५ देखि बैशाख २५ सम्मको अवधीको लागि छिमेकी राष्‍ट्र भारतमा कल गर्न रु.२/२२ पैसा देखि रु. २/३३ पैसा प्रति मिनेट सम्मका बिभिन्न आकर्षक प्याकेजहरू ल्याइएको छ ।

अन्तर्राष्ट्रिय आगमन कल प्राप्‍त गर्ने कम्पनीका ग्राहकहरूलाई प्रत्येक ७ दिनमा ७ मिनेट भन्दा बढी कल प्राप्त भएमा कम्पनीको नेटवर्कभित्र कल गर्न तथा SMS पठाउन बोनस पनि दिइने टेलिकमले जनाएको छ ।

कम्पनीको FTTH सेवा प्रवर्धन गर्न मिति माघ २५ देखि २०७५को वैशाख २५ सम्म ९० दिन FTTH सेवाका individual तथा corporate ग्राहकहरुलाई विभिन्न आकर्षक package हरु प्रदान गर्ने पनि घोषणा भएको छ ।

साथै माघ २५ देखि बैशाख २५ सम्मको अवधीको लागि Spring Offer अन्तर्गत बिभिन्न आकर्षक प्याकेजहरु प्रदान गरिने भएको छ ।

Share Now

Leave a comment.