काठमाडौं, २२ माघ । सशस्त्र द्वन्द्वमा माओवादीबाट मारिएका सबै सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई सरकारले सहिद घोषणा गरेको छ ।
सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहिद घोषणाको नीतिगत निर्णय गरेको हो ।
बैठक पछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले अहिले सहिद घोषणाको नीतिगत निर्णय भएको र सबै क्षेत्रबाट तथ्याड.क संकलन गरि सहिदको सूचि सार्वजनिक गरिने जानकारी दिए ।
सरकारले द्धन्द्धकालमा विद्रोहीद्धारा मारिएका सेना, प्रहरी, सशस्त्र, शिक्षक, निजामति कर्मचारीलाई सहिद घोषणा गरिएको हो ।
मन्त्रिपरिषद्को बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगको म्याद एकएक वर्ष थप गर्ने निर्णय गरेको छ ।
त्यसैगरि उच्चस्तरीय शिक्षा आयोगको म्याद पनि चार महिना थप गर्ने निर्णय भएको छ ।




















