काठमाडौ, २२ माघ । पाँच तारे होटल एभरेष्टमा लामो समयदेखि जारी शेयर विवादमा सर्वोच्च अदालतले लारीका भतिजाको पक्षमा फैसला दिएका छ ।
प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश पुरुषेत्तम भण्डारीको आइतबारको इजलाशले एभरेष्टको शेयरमा कायम पारिवारिक विवादलाई टुंगो लगाएको हो ।
एभरेष्ट होटलको शेयर स्वामित्व रहेका संस्थापक मकबुल अहमल लारी(एम ए लारी) र उनका भतिजा मशकुर अहमद लारीको स्वामित्व विवाद मशकुरको निधन पछि शुरु भएको थियो । मशकुरको निधन पछि उनकी श्रीमति नज्मा अहमद लारीले पतिको स्वामित्वको शेयर पाउनु पर्ने माग दावी गरेकी थिइन भने संस्थापक मकबुल अहमद लारीले आफ्नो सम्पत्ति नै भतिजालाई साझेदारको रुपमा राखेको र उनको शेषपछि सम्पत्ति आफूमा आउने कागज गरेकोले आफ्ना छोरा मुजफ्फर अहमद लारीले पाउनु पर्ने माग दावी गरेका थिए ।
सन् १९८१ देखि मकबुल अहमद लारीले झण्डै साढे तीन करोड रुपैयाँको पुँजीमा एभरेष्ट होटल सुरु गरेका थिए ।
उनले होटेलको आधा स्वामित्व आफ्नै भतिज मसकुर अहमद लारीको नाममा हस्तान्तरण गरी व्यवस्थापनको जिम्मा दिएका थिए ।
होटलका संस्थापक मकबुलको भारतको लखनउ बसाईका क्रममा निधन भएको थियो । उनको निधनसँगै छोरा तथा श्रीमती र भतिजाको बिचमा होटलको स्वामित्व विवाद चुलिएको थियो ।
अदालतले मकबुलका भतिजको पक्षमा फैसला गरेको हो ।


















