Prakash Adhikari February 20, 2021

विराटनगर(मोरड.), ८ फागुन । आज प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारी नेपाल कम्युनिष्ट पार्टीले बिराटनगरमा आफ्नो शक्ति प्रदर्शन गर्दैछ ।

प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री के.पी.ओली, गृहमन्त्री रामबहादुर बादलसहितका मन्त्रीहरुको पल्टन विराटनगरमा उत्रिने बताइएको छ ।

विभाजोन्मुख अवस्थामा रहेको नेपाल कम्युनिष्ट पार्टीभित्र आधिकारिकताको विवाद चलिरहेको र निर्वाचन आयोगले कुनै समूहलाई पनि आधिकारिकता नदिईकन अल्मल्याएकोले जनसमर्थन आफ्नो पक्षमा रहेका देखाउन दुवै गरीले राजधानी र क्षेत्रीय स्तरमा पनि शक्ति प्रदर्शन गरिसकेका छन् ।

प्रधानमन्त्री ओलीको सरकारी नेकपाले राजधानी काठमाडौंसहित,चितवन,बुटबल,धनगढी र सिराहामा शक्ति प्रदर्शन गरिसकेको छ ।

विराटनगरमा हुने शक्ति प्रदर्शनमा प्रदेश नं १ को प्राय सबै जिल्लाबाट ओली पक्षीय नेता, कार्यकर्ता, मतदाता, समर्थक शुभेच्छुकसहित सरकारी लाभको पदलिएका खेलाडी,सुरक्षाकर्मी र कर्मचारीहरुको पनि ब्यापक सहभागिता रहने बताइएको छ ।

भीड ठूलो बनाउन प्रदेश नं २ का सप्तरी, सिराहा,धनुषा,महोत्तरी,वारा,पर्सा,रौतहट र सर्लाहीबाट पनि सहभागीहरु ओसारिने भएको छ । तराईका जिल्लाबाट काठमाडौको सभामा पनि सहभागी जम्मा पारिएको थियो ।

सरकारी खर्चमा, सरकारी स्रोत र साधनको दुरुपयोग गर्दै सरकारले गरेको यो शक्ति प्रदर्शनलाई विरोधीहरुले भने पञ्चर्यालीको ओली संस्करणको नाम दिएका छन् ।

 

Share Now

Leave a comment.