Prakash Adhikari February 20, 2021

काठमाडौँ, ८ फागुन । वरिष्ठ विमान चालक तथा अभिनेता विजय लामा नयाँ म्युजिक भिडियोमा देखिनुभएको छ ।

उहाँको बेजोड अभियन रहेको मान्छेु बोलको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ।

वरिष्ठ गीतकार काली प्रसाद रिजालको शब्द रचनामा रहेको यस गीतमा रमेश कडेलको सुमधुर स्वर रहेको छ भने गीतलाई किरण कडेलले कर्णप्रिय संगीत दिनुभएको छ ।

समाजको यथार्थ प्रस्तुत गरिएको भिडियोमा धुर्व कोईराला, शमिया कार्की, काजोल नेपाल र बद्रि पुडासैनीको समेत अभिनय रहेको छ।

रामकुमार केसीले छायांकन गर्नुभएको यो म्युजिक भिडियोलाई दिन्शन शाहको सम्पादन गर्नुभएको हो । जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो।

Share Now

Leave a comment.