Prakash Adhikari February 5, 2018

 

काठमाडौँ, २२ माघ । प्रधानन्यायाधीश गोपाल पराजुलीले कसैको चरित्र हत्या गर्नका लागि स्थापित भएकाहरु पनि छिट्टै विस्थापित हुने बताएका छन् ।

प्रा डा युवराज संग्रौलाद्वारा लिखित पुस्तक ‘क्रिमिनल जस्टिस सिस्टम’को लोकार्पण कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

अल्फा बिटा कम्प्लेक्स बानेश्वरमा आयोजित कार्यक्रममा पुस्तकको लोकार्पण पछि मन्तव्य प्रकट गर्दै प्रधानन्यायाधीश पराजुलीले भने, न्यायको मूल्य र मान्यता जगाउनका लागि आफूले हरदम प्रयास गरिरहेको बताउँदै कसैलाई दोष लगाउनुभन्दा पहिला दशी, प्रमाण र आधार खोज्नुपर्छ, बिना प्रमाण आरोप लगाउनु उपयुक्त हुदैन् ।

कार्यक्रममा अधिवक्ता डा भीमार्जुन आयार्यले अहिले नेपालको न्यायालयमाथि जुन प्रकारले आक्रमण गरिएको छ, यसले कसैलाई जितको अनुभूति नदिने धारणा राखे ।

काठमाडौँ स्कुल अफ ल का कार्यकारी निर्देशकसमेत रहेका पूर्वमहान्यायाधिवक्ता प्रा डा संग्रौलाद्वारा लिखित सो पुस्तक सहयात्रा नेपाल पब्लिकेशन्स् प्रा.लि. काठमाडौंले प्रकाशित गरेको हो ।

उक्त पुस्तक नेपालमा फौजदारी न्यायमा देखिएका समस्या र त्यसको समाधानमा केन्द्रित छ । रासस

Share Now

Leave a comment.