टोकियो(जापान),२२ माघ । सुदूरपश्चिमेली समाज जापानको पाचौ अधिवेशनले एकेन्द्र थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
“सुदुरपश्चिमको विकासका लागि सुदूरपश्चिमेली” भन्ने नाराका साथ आईतबार टोकियो शिनओकुबोमा सम्पन्न समाजको पाँचौ अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
सो समितिको उपाध्यक्ष त्रयमा मदन साउद, कृष कोईराला र दलबहादुर धामी, महासचिवमा दिनेश अधिकारी, सचिव त्रयमा जयानन्द भट्ट, प्रकाशचन्द्र जोशी र रामु विष्ट कोषाध्यक्ष नृप कुँवर, सह कोषाध्यक्ष पुनम विष्ट, युवा संयोजकद्धयमा भैरव थापा र आस्था खत्री रहेका छन् ।
त्यस्तै सदस्यहरुमा चेतमान रावल, पूर्ण जैशी, उज्वल सिंह डडाल, प्रविन टेलर, भक्तराज जोशी र खेम ओझा चयन भएका छन । संस्थाको प्रवक्तामा पत्रकार एचवी ताम्राकारलार्इ चयन गरिएको थियो।
संस्थाको सल्लाहकारहरूमा चन्द्र उपाध्याय, आशिष रावल, डा. भरत नेगी, पवनवर्षा शाह, पूर्ण चलाउने, रामु खडका, प्रेम बुढा, लोकेन्द्रजंघ कुवर, डिलेन्द्र जोशी, डण्ड बजगार्इलाई चयन गरिएको छ ।
संस्थाको वुद्धिजीवि समितिमा विष्णु भट्ट, भुवन शंकर भट्ट, डा.गणेशराज जोशी, दिनेश रतला जोशी र धीरेन्द्र पाललार्इ चयन गरिएको छ ।
गैरआवाशीय नेपाली संघ एनआरएनएका केन्द्रीय अध्यक्ष भबन भट्टको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा, बिशेष अतिथिको रुपमा ओएनएफ जापानका अध्यक्ष महेन्द्र श्रेष्ठ थिए ।
कार्यक्रममा एनआरएनए केन्द्रीय अध्यक्ष भवन भट्टले अबको युग विकास र समृद्धिको युग भएकाले सबै नेपालीले नेपालमा लगानी गर्नुपर्ने र सोहि बाताबरण निर्माणका लागि आफू लागि परेको बताए ।
त्यस्तै समाजले संस्थापक अध्यक्ष चन्द्रराज उपाध्याय, पूर्वअध्यक्ष आशीष रावल र डा. भरत नेगी र सफल व्यवसायी दिपक सुवेदीलाई सम्मान समेत गरेको छ ।
निवर्तमान अध्यक्ष पूर्ण चलाउनेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिब भुवन शंकर भट्टले संस्थाका गतिविधिमाथि प्रकाश पारेका थिए ।
अधिवेशनमा जनसम्पर्क समिति जापानका नवराज थापा, एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष्य देवीलाल भण्डारी, एनआरएनए जापानका उपाध्यक्ष शिव प्रसाद पौडेल, पत्रकार महासंघ नेपालकी पूर्वकेन्द्रीय सदस्य पवनवर्षा शाह, अन्तराष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष पदमसिंह ठगुन्ना, नयॉं शक्तिका केन्द्रीय सदस्य भुवन रोक्का, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, डा. विजय ज्ञवाली पुष्करजंग थापा लगायतले मन्तव्य राखेका थिए ।