Prakash Adhikari February 23, 2021

काठमाडौं, ११ फागुन । प्राइम कमर्सियल बैंक लिमिटेडले फागुन १९ गते बुधबारदेखि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । ।

जसमध्ये बैंकले सर्वसाधारणका लागि १४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २१ लाख कित्ता बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याइएकोमा ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषको हिस्सा रहनेछ ।

उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । ऋणपत्रमा आवेदन दिने अन्तिम मिति छिटोमा फागुन २३ गते र ढिलोमा चैत ४ गतेसम्म रहेको छ । कम्पनीले निष्कासन गर्ने उक्त ऋणपत्रलाई केयर रेटिङ नेपालले केयर एनपी सिंगल ए माइनस रेटिङ प्रदान गरेको छ ।

ऋणपत्रको निष्कासन तथा विक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

 

Share Now

Leave a comment.