Prakash Adhikari February 23, 2021

 

काठमाडौं, ११ फागुन । लक्ष्मी बैंकको अगुवाईमा माछापुच्छ्रे बैंकले पिलुवा खोला–३ जलविद्युत आयोजना सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने भएको छ ।

आयोजना निर्माणको लागि दुई बैंक र माबिलुङ्ग इनर्जीबीच सोमबार सम्झौता भएको छ ।

माबिलुङ्ग इनर्जी लिमिटेडले संखुवासभा जिल्लाको साविकको सिद्धकाली र मावादिन गाविसहरुमा अवस्थित पिलुवा र सिखुवा खोलामा ४.९५ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गर्दैछ । उक्त आयोजनाको निर्माण लागत ९३ करोड ७० लाख रुपैया रहेको छ । ‍
बैंकहरुले आयोजना लागतको ७० प्रतिशत र बाँकी ३० प्रतिशत कम्पनीको स्वलगानी रहनेछ ।

आयोजनामा लक्ष्मी बैंकको ३९ करोड ९९ लाख र माछापुच्छ्रे बैंकको २५ करोड ६० लाख लागत रहनेछ ।

माबिलुङ्ग इनर्जी लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच गत श्रावण ९ गते विद्युत खरिदसम्बन्धी सम्झौता भएको थियो । कम्पनीले श्रावण ९ गते उर्जा मन्त्रालयबाट विद्युत उत्पादन अनुमति प्राप्त गरिसकेको छ ।

माबिलुङ्ग इनर्जीलाई एशियन लाईफ इन्स्योरेन्स कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स लगायत अन्य व्यक्तिहरुले प्रवर्धन गरेको कम्पनी हो ।
यो आयोजनाबाट बार्षिक २८.४१७ गेगावाटआवर विद्युत उत्पादन हुने अनुमान गरिएको छ । आयोजना फेबु्रअरी २०२२ मा संचालनमा आउने बताइएको छ ।

 

Share Now

Leave a comment.