काठमाडौँ, ११ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको नेतृत्वमार रहेको पाँच सदस्यीय संवैधानिक इजलाशले फागुन ११ गते मंगलबार ऐतिहासिक फैसला गर्दै प्रधानमन्त्री के.पी. शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनको अंसंवैधानिक कदम बदर गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा रहेको संवैधानिक इजलासले सर्वसम्मतिले सो निर्णय गरेको हो । संवैधानिक इजलाशमा प्रधानन्यायाधीश राणाका अतिरिक्त न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसी रहनुभएको थियो ।
उक्त ऐतिहासिक फैसलाको पूर्ण पाठ प्राप्त भएको छ ।



















