Prakash Adhikari February 23, 2021

 

काठमाडौं, ११ फागुन । नेपाली कांग्रेसले प्रधानमन्त्री के.पी. ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको संयुक्त षड्यन्त्रमा गरिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम बदर गर्ने सम्बन्धमा सर्वोच्च अदालतले मंगलबार दिएको निर्णयको सम्मान र स्वागत गरेको छ ।

सर्वोच्च अदालतले फैसला आएपछि एक विज्ञप्ति प्रकाशित गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले यसको स्वागत गर्नुभएको हो ।

कांग्रेस सभापति देउवाले प्रकाशित गर्नुभएको विज्ञप्तिमा भनिएको छ ,”२०७७ साल पुस ५ गते प्रधानमन्त्री के.पीं शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले प्रतिनिधि सभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको थियो । नेपाली कांग्रेसले अदालतमा विचाराधीन मुद्दामा आफ्नो पक्षमा फैसला गराउन कसैले पनि दवाव दिन नहुने र सर्वोच्च अदालतले गर्ने फैसलालाई सम्मान गर्ने कुरा सार्वजनिक गर्दै आएको थियो । नेपाली कांग्रेस विघटित प्रतिनिधि सभा पुनस्र्थापना हुने गरी सम्मानीत सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गर्दछ ।”

 

Share Now

Leave a comment.